अफगानिस्तानमा आक्रमणकारीद्घारा दुई अमेरीकन सैनिकको मृत्यु

इनेप्लिज २०७३ कार्तिक ६ गते २१:४५ मा प्रकाशित
wo-al991_handbo_g_20121210183519

कावुल, ७ कार्तिक । कावुलस्थित सैनिक वेस क्याम्प भित्र अफगान सैनिकको पोशाक लगाएर छिरेका आतंककारीले दुई अमेरीकन सैनिकको हत्या गरेका छन ।  नेटो अधिकारीहरुका अनुसार दुई अमेरीकन सैनिकको हत्या साथै केहि अन्य अमेरीकन सैनिक र दुई अमेरीकन नागरीक सक्त घाइेते भएको जनाएको छ । अफगान सुरक्षाका लागि खटिएका अमेरीकन कमाण्डर जेनेरल जोन निकोल्सनले भने ‘ कुनै पनि समयमा युद्धमा आफ्ना सहकर्मी गुमाउँनु पर्दा गहिरो चोट पुगेको बताए ।

अफगान गृह मंन्त्रालयका प्रवक्ता जेनेरल दौलत वाजीरीले भने  ‘सैनिक वेस क्याम्प भित्र आक्रमणकारी  कसरी छिर्न सके’ यस विषयमा गम्भिर रुपमा अनुसन्धान गरिने बताए । उक्त घटना पछि आतंककारीलाई सुरक्षामा खटिएका सैनिकले गोलि हानि हत्या गरिएको एक गोर्खा सैनिकले बताए । ७ महिना अघि देखि  नेटो सुरक्षाका लागि बेलायती गोर्खा सैनिकहरु पनि अफगानिस्तानको राजधानीमा खटिरहेका छन् । उनका अनुसार हत्या गरिएका अमेरीकन सैनिकहरुले अफगान सैनिकहरुलाई सुरक्षा सम्वन्धित तालिम संन्चालन गराईरहेका थिए ।

यस्तो आन्तरिक हमला सन् २०१२ मा सवै भन्दा धेरै रहेको नेटो सुरक्षा अधिकारीहरुले जनाएको छ । जुन वर्ष मात्र वेस क्याम्पहरु भित्र ४४ वटा आन्र्तरिक हमलाका कारण १५ प्रतिशत नेटो सुरक्षा कर्मिहरुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया