शनिबार, मंसिर २० २०७७
काठमाडौं १५:२६
वासिङटन डिसी 04:41

स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पु-याउँछु : मन्त्री थापा

इनेप्लिज २०७३ कार्तिक ६ गते १६:०१ मा प्रकाशित

gagan-thapaकाठमाडौँ, ६ कात्तिक । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाई सबैको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रज्ञा ध्यान केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै यस्तो ध्यानको अभ्यासले स्वस्थ समाज निर्माणका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष नवीन बज्राचार्यले उक्त स्थानमा बौद्ध साहित्यमा आधारित विभिन्न ध्यानको अभ्यास गराइने जानकारी दिँदै सन्तुलित आहार र विहारले मानिसलाई निरोगी तथा दीर्घजीवी बनाउने बताउनुभयो ।

उक्त कार्यक्रममा दक्षिण कोरियाबाट आउनुभएका साधक तथा गुरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया