यो युद्धभुमीको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’

इनेप्लिज २०७३ कार्तिक ५ गते २१:१६ मा प्रकाशित

gurkha-300x123

लन्डन् ,कार्तिक ५ । विग्रेड अफ गोर्खाज’ अन्र्तगत दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत वारेन्ट अफिसर कैलाश खेबाङ यतिबेला चर्चामा छन् । उनको नेपालमा मात्र होइन संसारभरी चर्चा छ  । तर, उनको चर्चा कुनै युद्ध मैदानमा अभूतपूर्व विरता देखाएर भने होइन । उनले समाइरहेको बन्दुकको शक्तिको कारण पनि होइन । उनको चर्चा, बन्दुकसँगै उनले समाएको कलमको कारण चर्चामा छन्  । योद्धा मोर्चाको रोमाञ्चक अनुभुतीलाई अक्षरमा उतारेरको कारण आज उनी चर्चामा छन् । ‘गोर्खा ’ नामक उनको पुस्तकको कारण उनी चर्चामा छन् ।

ताप्लेजुङमा जन्मेका खेबाङ वि.सं. ०५५ सालमा ‘विग्रेड अफ गोर्खाज’मा भर्ती भए । लाहुरेका युद्ध कथामा अर्धारित जीवन कहानी ‘गोर्खा’ सन् २०१५ मा बेलायतको विख्यात प्रकाशक लिटल ब्राउनबाट प्रकाशन गरिएको हो । ‘सन्डे टाइम्स’का अनुसार अंग्रेजी भाषामा लेखिएको यो पुस्तक विश्वका १० उत्कृष्ट पुस्तकमा पर्न सफल भएको छ । एसियामा सर्वोकृष्ट बिक्रीको पुस्तक हो । यो पुस्तक अनलाइन बजार अमेजोन डटकमबाट पनि खरिद गर्न सकिन्छ ।

GURKHA BOOK PIC LAGAI DINU HOLA

नेपाल बेलायत सम्बन्धको २०० बर्ष अर्थात् गोर्खा भर्ती सुरु भएको २ सय बर्ष पुगेको अवसरमा ‘व्रिगेड अफ गोर्खाज’ अन्तर्गत खेबाङलाई आफनो जीवनका अन्तरंगहरु प्रस्तुत गर्न पहिलो ‘गोर्खाज’को रुपमा छनौट गरिएको थियो । बेलायती बडामहारानीको प्रत्यक्ष स्विकृती र व्रिगेड अफ गोर्खाजको अनुमतीमा उनले यो पुस्तक लेखेका हुन् । पुस्तकका बिषय अफगानिस्तानको गृहयुद्धले आक्रान्त बनाएको जनजीवनको सेरोफेरोमा घुमेको छ ।

gurkha-book

वास्तवमा कहिले पनि फर्केर आउन नसक्ने हरेक दिनहरु मानब जीवनका निम्ती अमूल्य हुन्छन् । ती अमुल्य विगतहरुलाई एउटा शिक्षाको रुपमा पाठकहरुका निम्ति लेखक खेबाङ्गले पस्केका छन् । जसरी एउटा बन्दुकबाट छुटेको गोलिहरु फिर्ता आउँदैन, जीवनको महत्वपूर्ण पानाहरुपनि एउटा अध्यायमा पुगेपछि फेरी फर्काउन सकिन्दैन् । केवल निशानालाई ताकेर जीवन अघि बढिरहन्छ ।

kailash-khebahang

जीवनमा झण्डै दुई दशक सैनिक जीवन विताई सकेका खेबाङले सैनिक जिन्दगीको गाँठी कुरा यसरी व्यक्त गरेका छन् । शायद  पुस्तक पढिरहदा सबैलाई रोमाञ्चित बनाउँछ । पुस्तकमा समेटिएका संवाद, विम्व, प्रतिकहरुले गोर्खाली सैनिकको युद्धको प्रसंग, गोर्खाहरुको युद्धकथाले गोर्खाली सैनिकहरुको ईतिहासलाई खँदिलो बनाएको छ । नेपाली समाजमा लाहुरे प्रतिको रंगीन सपनालाई एउटा क्यानभासको रुपमा प्रस्तुत गरेका छन् । उनीसँग अनलाइन खबरका  लागि रोशन मेवाहाङ्गले  गरेको कुराकानी :

WO2 KAILASH KHEBANG PIC;

पुस्तक लेखनको लागि कसरी छनोट हुनुभयो ?
-याे पुस्तक लेखनका लागि छनोट हुन्छु भन्ने मैले सोचेको पनि थिइन । प्रमुख कार्यलयबाट एक्कासी मनोनयन भएको खबरले असाध्यै खुसी भएँ । खुसीसँगै अप्ठ्यारो पनि लाग्यो । अलिकति लाज जस्तो पनि भयो, किनकी ‘विग्रेड अफ गोर्खाज’मा म भन्दा बहादुर योद्धाहरुका कथा धेरै छन् । राम्रो लेख्न सक्नेहरु हुनुहुन्छ ।

यो किताब मेरो मात्र हैन, हामी हरेक नेपालीको भन्न चाहन्छु । यो पुस्तक मेरो पल्टनका गुरुहरुका आर्षिवाद ठान्दछु । हरेक नेपालीको प्रेम र ‘विग्रेड अफ गोर्खाज’को उदारताबाट उत्पन्न भएको त्रिवेणी खोला हो । यो त्रिवेणी नदि सरल प्रवाहमा बगेको छ । यसमा समेटिएका युद्धका अनुभव र गोर्खाली इतिहास अनन्तसम्म रहिरहने छ । सैनिक पेशामा रहे पनि मलाई अनेकौ क्षेत्रका सफल मानिसलाई नजिकबाट नियाल्ने मौका मिल्यो । ‘विग्रेड अफ गोर्खाज’काे प्रमुख कार्यलयप्रति म धेरै आभारी छु । अचानक यो मनोनयनले मलाई ज्यादै खुशी तुल्याएको छ । थप जिम्मेवार महशुस गरेको छु । यो मेरो जीवनकै सबैभन्दा ठुलो सफलता ठान्दछु ।

बन्दुकसँगै कलम कसरी सम्भव भयो ?
-हामी जे भन्न सक्छौ, त्यही कुरा अभिव्यक्त गर्नु नै लेखकको कर्तव्य हो जस्तो लाग्छ । हामी जे भन्न असमर्थ छौ, त्यो व्यक्त गर्न सक्नु नै लेखकको दायित्व हो जस्तो लाग्छ । पुस्तक लेख्ने सपना राखिरहन्थे । तर कस्तो पुस्तक लेख्ने दिन-रात परिकल्पना गरिरहन्थे । अन्ततः गोर्खा सैनिककै  बारेमा पुस्तक लेख्ने अन्तिम निर्णय लिए ।  जति बेला म लडाइको मैदानमा उत्रिएको थिए । त्यो मनको रहर र अध्यारो रात भित्र लुकेको मेरो सपना, आज विपना बनेको छ ।

लेख्ने उत्प्रेरण कहाँबाट पाउनुभयो ?
-अनेकौ पटक लेख्न कोशिस नगरेको होइन । एक पन्ना पनि लेख्न नपाउँदै आफैलाई चित्त नवुझेर कैयाैं पटक ती पानाहरु च्यातेर फालेको झल्को यो मनमा आइरहन्छन् । कोठामा लेख्न नसकिने रहेछ भन्दै रमिते डाँडाहरुमा भौतारिए । अचानक अफगानिस्तानको रणभूमिमा तालिवान विरुद्ध लडाई लड्न २००६ सालमा खटाइयो । तालिवान विरुद्धकाे युद्धमा महिना सम्म निरन्तर लडिरहदा लडाइको कथा लेख्ने इच्छा जाग्यो । सुरुवात पनि गरे । आज सफल भए भन्ने लाग्छ । म कहिलेकाहि उपन्यास लेख्ने सपना देख्थे, कहिले आत्माकथा । सैनिक जीवनमा बर्षैा देखि आबद्ध भएर अनुभव बटुलेको कारण पनि आफनै जीवन रंङ्गमञ्चको पहिलो युद्धकथा लेख्ने सोच गरे ।

तपाईको ‘गोर्खा’ पुस्तकमा खास के छ ?
-गोर्खालीहरुले बेलायती सेनामा काम गर्न थालेको दुई सय बर्ष भएको छ । गोर्खालीहरुले यो लामो समयमा गौरवमय इतिहास निर्माण गरिसकेका छन् । दुनियाँमा हामीले गोर्खालीहरुको बेग्लै इतिहास र पहिचान बनाएका छौं । यो गौरवमय इतिहासको एउटा पाटो हो यो पुस्तक । त्यो गौरवमय इतिहासको जगर्नेा पनि हो । यो पुस्तक नयाँ पुस्ताका लागि प्रेरक हुनेछ भन्ने विश्वास लिएको छु । गोर्खालीहरुको गौरवमय इतिहासको दस्ताबेज  पनि हो । गोर्खालीहरुको भावी पुस्ताको लागि उपहार दिन पाउँदा खुसी छु ।

INTERVIEWED PIC

बेलायतको प्रसिद्ध प्रकाशक लिटल ब्राउन र अवकास कम्पनीबाट प्रकाशन गर्न कसरी सम्भव भयो ?
-प्रसिद्ध प्रकाशक लिटल ब्राउन र अवकास कम्पनिले गोर्खा सैनिक आधरीत आत्मकथा खोजिको क्रममा विग्रेड अफ गोर्खाजलाई सम्पर्क्  गरेका थिए । विग्रेड अफ गोर्खाजका अग्रज अधिकृतहरुको स्विकृती र छनौट प्रक्रियाबाट मनोनित आत्मकथाको उत्कृष्ट पात्रको रुपमा म पर्न गएको हुनाले यो अवसर सम्भव भएको हो । यो पुस्तक प्रकाशन गर्न स्विकृत दिनु हुने विगे्रड अफ गोर्खाजका सम्पूर्ण अधिकृतहरु लगायत, सहकर्मी मित्रहरु र लेखन शैली र छपाई सम्म अत्यधिक सहयोग पुर्याउनु हुने गोर्खाज सदस्यहरुप्रति सलाम छ । आफु सैनिक भए पनि जीवनको प्रवाह नगरी ताल झै जमि रहे र त्यो जमेको ताललाई लिटल ब्राउन र अवकास कम्पनीबाट प्रकाशन गरेर तरंग दिने काम गरे । यदि उहाँहरुले तरंगीत नगरिदिएका भए आज यसरी हिम शिखर झै बग्ने थिइँन ।

तपाईंको पुस्तक कहाँ, कसरी पाउन सकिन्छ ?
-लिटल ब्राउन कम्पनीबाट पुस्तक प्रकाशन,अवकास प्रकाशनबाट पेपर व्याक, हाचेट कम्पनीबाट अडियो बुक प्रकाशन भएको छ । चर्चित अनलाईन अमाजोन, ईबे, विभिन्न अनलाइन पुस्तक पसल, बेलायतको ख्यातिप्राप्त ग्लोसरी पसल टेस्को, आस्डा, लगायत अन्य ठाउँहरुबाट पाउन सकिन्छ । त्यसैगरी काठमाण्डौंस्थित रत्न पुस्तक भण्डार, र पोखरमा समेत पाउन सकिन्छ । पेपर, किन्डल्र्स र अडियो तिन प्रकारका छन् ।

लेखनमा तपाइका अगामी योजना के छन् ?
-समाज परिवर्तनको लागि हरेक पात्रले कुनै न कुनै कोणबाट सकरात्मक संन्देश प्रवाह गरीरहेका हुनछन् । तिनै असल पात्रहरु जीवनको अनन्त सम्म मुलभूत दर्शन बन्दै चम्किलो तारा बनि चम्किरहन्छन् । जीवनका हरेक चम्कने बस्तु चम्किलो हिरा नहुने रहेछ । बाहिरी तिरिमिरीले मात्र जीवनलाई साँचो अर्थमा नचम्काउने रहेछ । जीवनको चम्काई फरक ढंगले पनि प्रस्तुत गर्न सकिने रहेछ, त्यसैले फेरी अर्को पुस्तक लेख्ने जमर्को गरिरहेको छु ।

अन्त्यमा पाठक तथा आफना सहकर्मिहरुलाई केही भन्न चाहनुहुन्छ ?
-सवै लेखकका पुस्तकहरुमा उत्तिकै जादुमय हुदैन् ताकी पाठकहरुलाई उत्तिकै भावुक बनाउन सकोस् । मेरो पुस्तक पढेर गोर्खालीहरुले युद्धभुमीमा लडेको कथाको ज्ञान हासिल गर्नु भयो होला । यसरी नै आफनो भावि सन्ततिहरुलाई एक पटक यो पुस्तक पढ्न उत्प्रेरित गरी दिनु हुन्छ भन्ने ठुलो आशा लिएको छु । यो पुस्तक पढेर समर्थन र उत्प्रेणा दिनु हुने तमाम पाठकहरुमा मुरीमुरी धन्यवाद भन्न चाहन्छु । अन्त्यमा मैले भुल्नै नहुने मेरो सहयात्रिहरु ईन्टेक १९९९ का सम्पूर्ण नम्बरीहरुको अतुलनिय सहयोग र प्रोत्साहनलाई कदर गर्दै हृदयबाटै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया