दिपावली हुने भयो उमंगमय कार्तिक १२ गते चलचित्र परदेशीको उमंग देशभर प्रदर्शन हुदै

इनेप्लिज २०७३ कार्तिक ५ गते ११:०० मा प्रकाशित

13494845_1634292613556118_5514658097733695529_n

सुर्य चन्द काठमाडौँ : नेपाली चलचित्र प्रेमीहरुको सर्बाधिक प्रतिक्षामा रहेको सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको चलचित्र परदेशीको ‘उमंग’ आगामी कार्तिक १२ गते शुक्रबारबाट देशभरका सिनेमा घरहरुमा एकै पटक प्रदर्शन हुने भएको छ l यसपालीको शुभ दिपावली नेपाली चलचित्र प्रेमीहरुको लागि चलचित्र परदेशीको उमंगले गर्दा उमंगमय हुने भएको छ । नृत्य निर्देशक, कोरियोग्राफर,स्क्रिप्ट राइटर तथा हास्य कलाकार शिव शर्माले डेब्यु निर्देशन गरेको परदेशीको उमंग एक पृथक यथार्थपरक अनि नेपालीहरुले भोग्नु परेको यथार्थलाई चित्रण गरि बिदेशी भूमिमा नेपालीहरुले पाएको दुखलाइ चलचित्र मार्फत नेपाली दर्शक माझ लिएर आएका छन् । हाम्रो आफ्नै गाउघरको परिवेश देखि सपनाको शहर दुबईमा पुगेर कसरि नेपालीहरु काम गर्न बाध्य छन, त्यहाको कानुन कस्तो छ,अनि किन नेपालीहरु बिदेशिन बाध्य भएका छन र कसरि नेपालिहरु एक उमंग खुसि बोकेर लिएर विदेश जान्छन भन्ने कुराहरु देखि लिएर माया प्रेमका कुराहरुलाइ पनि सरल ढंग बाट चलचित्रमा प्रस्तुत गरिएको छ l

निर्देशक शिब शर्मा भन्छन चलचित्र परदेशीको ‘उमंगलाई हामीले एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिष गरेका छौ ।पछिल्लो पटक बजारमा आएका चलचित्र मध्ये पृथक रहेको र नेपाल भर प्रदर्शन भए पछि आम दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको उनको दाबी छ । उनले भने– चलचित्रको नाम जस्तो छ, यसले दर्शकलार्ई पनि उस्तै उमंग थपिदिने छ । चलचित्र प्रदर्शन हुनु अगावै उमंगको ‘हिन्दु बौद्ध मुस्लिम.. (जे जे नि बन्न सक्छु ) भने गित सबैको रोजाइमा र जन जिब्रोमा झुण्डिन सफल भएको छ l

विगत लामो समयदेखि चलचित्र नृत्य निर्देशक गर्दै आएका शिवले आफ्नो चलचित्र क्षेत्रमा लागेर बटुलेको लामो अनुभवका कारण चलचित्र निर्माणमा प्रेरित भएर नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए ।

कुमार बिसीको लगानीमा तयार भएको उमंगमा नायिका विनिता बरालको अभिनय रहेको छ भने उनले यो चलचित्रमा बोल्ड अभिनय समेत दिएकी छन् । नायिका विनिता बरालले यो चलचित्रबाट आफू आशावादी भएको बताएकी छन् । पछिल्लो समयमा यस्ता चलचित्रहरु कमै बन्ने गरेको हुँदा आफूले अभिनय गरेको बताइन् ।

चलचित्रमा परदेशीको उमंगमा चपली हाइटबाट उदाएकी विनितासँगै नव नायक तथा निर्माता कुमार जिसीको पनि अभिनय रहेको छ । यो चलचित्रबाट नै कुमार बिसीले आफूलाई चलचित्र क्षेत्रमा स्थापित हुने जमर्को समेत गरेका छन् ।
नायक कुमार बिसीले पनि यस चलचित्रमा आफुले कडा मिहिने गरेर अभिनय गरेका कारण आफु दर्शकहरुको नजरमा पर्न सफल हुने कुरामा बिस्वस्त छन । ८० प्रतिशत छायाँकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । चलचित्रका सार्वजनिक ट्रिजर र गीतले यतिवेला राम्रै दर्शक हरुको माया पाइरहेको छ ।
चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ । छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र परदेशीको उमंग अहिले आम दर्शकहरुको प्रतिक्षामा रहेको छ । चलचित्रमा नायिका बिनिता बराल र नायक कुमार बि.सीसँगै सी.पी. पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेल र बि. बि. अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायाँकन रहेको छ । चलचित्रका अभिनेता कुमार बिसीले नै यो चलचित्रको कथा लेखेका हुन् । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई चलचित्रको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् । चलचित्रमा भारतीय गायक नाकाश अजिजको समेत पार्श्व गायन रहेकोछ ।

प्रतिक्रिया