मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:४३
वासिङटन डिसी 01:58

अध्यक्ष ओलीको भ्रमण स्थगित

इनेप्लिज २०७३ कार्तिक ५ गते ७:३५ मा प्रकाशित

Kp-oli-1काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ ।

मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको पार्टीकाकार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । उक्त सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राजन भट्टराई जानु हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग दर्ता भएपछि विभिन्न दलका नेताहरुको विदेश भ्रमण स्थगित भएको छ ।

प्रतिक्रिया