ट्रंपको जय होस् तर बिजय चाही हिलारीको होस् ! ट्रंप पुन: बहस हारे ?

इनेप्लिज २०७३ कार्तिक ५ गते १:२९ मा प्रकाशित

fotoflexer_photoरिपब्लिकन दलका उम्मेद्वार डोनाल्ड ट्रंपले राष्ट्रपतीको निर्वाचनको लागि अन्तिम महत्वपूर्ण तेश्रो बहसको क्रममा दिएको अभिव्यक्तिले विश्वलाई चकित बनाई दिएको छ l गत अक्टोबर १९ तारिखमा लस भेगासको नेभादा विश्व बिद्यालयमा फक्स समाचारका क्रिस वालेसले आफ्नो पराजय भएमा चुनाबको नतिजालाई र स्वीकार गर्ने या नगर्ने बिषयमा सिधा प्रश्न तेर्साउदा अस्विकार गर्ने अभिव्यक्ति दिएका छन् l उनले पछि जानकारी गराउने छु र तिमीलाई यो कुरामा सन्देहमा राख्छु भनि जवाफ दिए l

आधुनिक इतिहास अमेरिकाको इतिहासमा उम्मेदवारले यस्ता अभिब्यक्ति दिएको पहिलो भएको छ l यसले उनलाई कति नाफा र कति नोक्सान पार्छ ? त्यो समयले बताउने छ l प्रजातन्त्रको जननी अमेरिका जस्तो राष्ट्रमा यसरि कहिले कुनै प्रत्याशीले नभनेको भनि संचार माध्यममा यहि बिषयमा केन्द्रित भएको छ l

अन्तिम तेश्रो बहस सकिएको लगतै आज अक्टोबर २० तारिख चुनाब प्रचार प्रसार गर्ने अभियानमा ओहायो को डेनभरमा पुगी फेरी आफुले चुनाब जिते मात्र पूर्ण स्वीकार हुने घोषणा गरे l अमेरिकन नागरिकलाई फेरी एक पटक सोच्न बाध्य बनाई दिएका छन् l प्रजातन्त्रको उपहास फेरी एक पटक गरि दिएका छन l यति मात्र हैन आफु संग अधिकार भएकोले कानुनको सहारा लिने जस्ता ईशारा गरे l तर हिलारी क्लिन्ण्टनले अमेरिकी मतदाताको निर्णय स्विकार्ने वताइन ।

अहिले सम्म कै अमेरिका को ईतिहासमा यस्तो नकारात्मक तथा नराम्रो बहस तथा आरोपको आक्रमणमा मात्रमा केन्द्रित भएकोमा अमेरिकन जनताले दुख पोखेका छन् l ट्रंप २ -मा -१ ,या ३ -मा -१ मात्र हैन ,उनि १० -मा-१ जस्ता राष्ट्रपतिका उम्मेदवार बनेको झझल्को देखाएका छन् l हरेक कुरामा म यसलाई समाधान गर्छु मात्र भन्दैनन आफु एकल रुपमा समाधान गर्छु भनि खुले आम बताएकोले उनि १० -मा-१ (अर्थात् १० -इन -वान )हुन् भन्दा अत्युक्ति नहोला भन्ने पो लाग्न थालेको छ l जे कुरालाई पनि समाधान गर्छु भन्दा हिन्दुहरुका ब्रम्हा ,बिष्णु तथा महादेव जस्ता हुन् कि भन्ने पनि लाग्न थालेको छ l

आर्थिक समस्याको मुद्धमा सोध्यो म ठेगाना लगाउछु भन्छन ,सीमाको समस्याको मुद्धामा पनि म समाधान गर्छु भन्छन ,विश्व राजनीतिको बारेमा म समाधान गर्छु भन्छन l आफ्नो दल रिपब्लिकन लाई पनि म आफै काफी छु भन्न् बाकी राख्दैनन् l आफु जस्तो महिलालाई आदर कसैले गर्दैन भन्ने क्रम मै नौ वटा यौन उत्पीडन भएका महिलाले उनले गरेका कर्तुत को पर्दाफास गरे l

अक्टोबर १९ समेत गरेर अहिले सम्म तीन वटा राष्ट्रपतिको बहस कार्यक्रम समापन भएको छ l सामाजिक संजाल तथा संचार माध्यमले तीनै वटा छलफलमा हिलारी बिजयी भएकी तथांक निकालेका छन् l हरेक पटक आफुले आफै डम्फु बजाउदै तीन वटै बहस आफुले जितेको दाबी गर्न पछि हट्दैनन् l ओहायोमा आज पनि आफुले शानदार जितेको बताए l

तीन वटै छलफलमा प्रारम्भिक चरणमा प्रभावकारी प्रस्तुति दिन माहिर छन् l डेढ घण्टाको बहसमा आधा घण्टा भित्र उनलाई खटपट भएर हो या धैर्यता नभएर हो बिषय वस्तुमा पकड राख्दा राख्दै गाईले दाम्लो फुकाएको जस्तो गरि फ़ुस्किञ्छ्न l नेपाली उखान उनलाई घरि घरि औसी पुर्णे लाग्ने रोग जस्तो देखाउछ्न l

अन्तिम बहसमा प्रारम्भिक चरणमा असल गुण देखाए तर आकस्मिक रुपमा छेपारोको रुप झैँ बदलिएको कारण उनि ले आफैले आफैलाई झम्पल हानी रहेका छन् l जित्ने राज्यहरुमा उनि पछाडी पर्ने क्रम जारी छ l ट्रंपले महिला प्रति देखाएको तल्लो स्तरको ब्यबहारले उन्को चुनावी अभियानले ठुलो मुल्य चुकाउनु पर्ने देखिएको छ l अमेरिकन महिलाहरु अब चुप लागेर बस्ने अवस्था देखिएको छैन l

उनको चुनाव अभियानमा एक्लो बृहस्पति जस्तो देखिन थालेका छन् भने हिलारीको पक्षमा स्वयम् राष्ट्रपति ओबामा ,प्रथम महिला मिसल ओबामा ,बर्नी स्यानडर्स ,उप रास्ट्रपति जो बाईडन तथा अन्य व्यापक रुपमा चुनाव मा मत माग्दै हिडी रहेका छन् l रिपब्लिन दलका घगडान व्यक्तिहरु ट्रंप महिला काण्डमा मुसिए पछि बाहिरिएका छन् l

आधा घण्टा सम्म रिपब्लिकन दलको कुराहरु बेजोड प्रस्तुत गर्न पण्डित हुदा हुदै अचानक हिलारी क्लिन्टनलाई घटिया शब्द प्रयोग गर्न समेत राष्ट्रपतिका महा धनाड्य कुबेर डोनाल्ड ट्रंपले तल्लो स्तरको हर्कत गरेर देखाए l

बहसमा डोनाल्डले हिलारीलाई ३० वर्ष सम्म शक्तिमा हुदां सिन्का भाच्न पनि नसकेको जस्तो आरोप लगाउदै झाको झार्ने कोसिस गरे l र सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने प्रतिष्ठावान पूर्व विदेश मन्त्रीलाई हिलारी क्लिन्टनलाई निर्लज्ज महिलाको संज्ञा दिए l

यस्ले उनि राष्ट्रपति हुन् लायकका गरिमा भएका व्यक्ति हुन् त भनि प्रश्न उब्जाई दिएको छ l यौन उत्पीडनका दोषी महिलाहरु हिलारीपक्षधरले प्रयोग गरेका हुन भनि डोनाल्डले आरोप लगाए l

अक्टोबर १९ मा भएको अन्तिम बहसमा फेरी हिलारी क्लिन्टन यसरि बिजयी भईन् : 

बहसमा हिलारीले पुन हात मिलाईनन र यस्तो अमेरिकाको ईतिहासमा यस्तो अवस्था बिरलै देख्न पाइन्छ l

क्लिन्टन संग अनुभव छ l अध्ययनशील महिला हुन् भन्ने को प्रमाण ३ वटा राष्ट्रपतिको बहसले निष्कर्ष निकालेको छ l ट्रंप अध्ययन भन्दा शब्दका बाण प्रहर गर्न उस्ताद देखिए l ३ पटक पराजित हुँदा पनि अझ आफुले जिती रहेको भनि बिकुल फुक्न अझ रोकेका छैनन l

थुप्रै संचार मध्यम ले बहस कसले जित्यो भनि सर्वेक्षण गरेका थिए l सिएनएनए गरेको सर्वेक्षण अनुसार ५२ प्रतिसत हिलारीले जितेको भनेका थिए भने डोनाल्ड ट्रंपले ३९ प्रतिसतले जितेका भनेका थिए l हिलारीले १३ अंकको फरकमा ट्रंपलाई हराएकी छिन् l

पहिलो बहसको समाप्त पछि प्रत्यक्ष प्रसारण हेरेका मध्येले ६२ प्रतिसतले क्लिन्टनले जितेको भनेका थिए भने २७ प्रतिसतले ट्रंप ले जितेका भनेका छन् l ५० प्रतिसतले क्लिन्टनले महत्वपूर्ण मुद्धाहरुमा रहेकी थिइन् भने ट्रंप केवल ४७ प्रतिसतमा रहेको भनेका थिए l

क्लिन्टनलाई बिषयको सम्बन्धमा ज्यादा ज्ञान रहेको भनि ६१ प्रतिसत रहेको जनाएका छन् भने डोनाल्ड ट्रंप केवल ३१ प्रतिसत को ज्ञान रहेको बताएका छन् l राष्ट्रपति हुन् हिलारी ५९ प्रतिसतले तयार रहेकी थिइन् भने डोनाल्ड ट्रंप ३५ प्रतिसत मात्र तयार रहेको बताएका थिए l

प्रत्यक्ष प्रसारण हेरेका अधिकांशले गत राति भएको बहसले विचारमा कुनै परिवर्तन ल्याएन भनेका थिए भने ५४ प्रतिसतले मतमा कुनै फरक हुदैन भनेका थिए l

अर्थ मुद्धाको छलफलमा हिलारीको पक्षमा ५० प्रतिसत तथा ट्रंपको पक्षमा ४८ प्रतिसत राम्रो प्रबन्ध गर्न सक्छन भनि मतदान गरेका थिए भने आप्रवासनको सवालमा ५० प्रतिसत ट्रंप तथा ४८ प्रतिसत हिलारीको पक्षमा मतदान दिएका थिए l यसै गरि मनोनयन तथा सर्बोच्च अदालत को बिषयको सवालमा ४९ प्रतिसत ट्रंप तथा हिलारी क्लिन्टनको पक्षमा ४८ प्रतिसत मत दिएका थिए l

संघीय बजेटमा हिलारीको पक्षमा ५० प्रतिसत तथा ट्रंपको पक्षमा ४६ प्रतिसतले मतदान दिएका थिए l तर विदेश नीतिमा हिलारी क्लिन्टनले ५५ प्रतिसतले राम्रो संचालन गर्न सक्छिन भनि मतदान गरेका थिए भने ४१ प्रतिसत ट्रंपको पक्षमा बोलेका थिए l

ट्रंपले ६२ प्रतिसत बहसमा आक्रमण गरेका थिए भने क्लिन्टनले केवल २३ प्रतिसत मात्र गरेकी थिइन् l जसमा ४३ प्रतिसत आक्रमण अनुचित भएको पक्षमा मतदान गरेका थिए भने क्लिन्टनले ३४ प्रतिसत प्रतिकार गरेकी थिइन् l

आश्चर्य कुरा के भने ४१ प्रतिसत रिपब्लिकनले क्लिन्टनकलाई ट्रंपले गरेको आक्रमण उचित भएको बताएका छन् भने प्रजातान्त्रिक धारले स्वीकार समेत गरेका छैनन् l १९ प्रतिसतले क्लिन्टन माथि गरिएको आक्रमण ठिक हो भनि मतदान गरेका थिए

विश्व बिद्यालयमा अध्ययनरत स्वेत बिद्यार्थी मतदाताले क्लिनटन को पक्षमा ५८ प्रतिसत तथा ट्रंपको पक्षमा ३३ प्रतिसतले जितेको बताएका थिए भने स्नातकोत्तरका स्वेत बिधार्थिले हिलारीको पक्षमा ४८ तथा ट्रंपको पक्षमा बिजयी भनेर मतदान गरेका थिए l

अमेरिकामा चुनाबको ज्वरो सबैमा आएको छ l जताततै चुनावी माहौल छ l अमेरिकन जनताले सहि समयमा सहि निर्णय गर्ने छन् l चुनावी बातावरण नबिग्रियोस् l अमेरिकाको ईतिहासमा महिलाले राष्ट्रपति कहिले बन्ने मौका पाएनन l ईतिहास मै पहिलो पटक यो सुवर्ण अवसर हिलारी क्लिन्टनले पाएकोले उनका चन्द्रमा दाहिने हुन् l उनले इतिहास रच्ने मौका पाउन l अग्रिम शुभकामना !

ईश्वरले सबैको रक्षा गरुन l

प्रतिक्रिया