डेङ्गुबाट दमकमा चारजना बिरामी

इनेप्लिज २०७३ कार्तिक ४ गते ९:५१ मा प्रकाशित

denguदमक (झापा), ४ कात्तिक । झापाको दमकमा डेङ्गु रोगको सङ्क्रमणले बढ्दै गएको छ ।
दमकस्थित लाइफलाइन अस्पतालमा आएका बिरामीको रक्तपरीक्षण गर्दा चारजनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । सङ्क्रमित सबै बिरामी पुरुष हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर जीवन चौलागाईंका अनुसार यो वर्षको सुरुवातताका नै दमकमा पहिलो पटक डेङ्गु सङ्क्रमण भेटिएको छ । उहाँले डेङ्गुको सङ्क्रमण हुन नदिन रक्त परीक्षणसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

दमक नगर यसअघिसमेत डेङ्गुको उच्च जोखिम मानिँदै आएको छ । डेङ्गुको सङ्क्रमणबाट दुई वर्षअघि झापाको काँकडभिट्टामा दुईजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया