संसद् बैठक स्थगित

इनेप्लिज २०७३ कार्तिक ४ गते ९:०५ मा प्रकाशित

imagesकाठमाडौँ, ४ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गर्नुभएको संसद् सचिवालयको सूचनामा जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता भएको महाभियोगका प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का १५७ सांसदले बुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया