नयाँ शक्ति नेपालकी नेतृ एवम् अभिनेत्री करिश्मालाई चलचित्र पुरस्कार

इनेप्लिज २०७३ कार्तिक ३ गते १५:०३ मा प्रकाशित

voterforhillary

काठमाडौं । नयाँ शक्ति नेपालकी नेतृ एवम् अभिनेत्री करिश्मा मान्नधर, सञ्चारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ हरितारा चलचित्र पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

हरितारा चलचित्र पुरस्कार निर्णायक समितिको सोमबारको बैठकले ०७१ सालको पुरस्कार करिश्मालाई र ०७२ को पुरस्कार शान्तिप्रिय र सुन्दरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार समितिका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अढाइ दशकदेखि फिल्म अभिनयमा सक्रिय करिश्मालाई उनको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागिएको हो ।

चलचित्र पत्रकारिता र अवार्ड आयोजनाको क्षेत्रमा शान्तिप्रिय र डिजाइनिङको क्षेत्रमा सुन्दर श्रेष्ठले पुगाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

जनही २५ हजार रुपैयाँ नगदको पुरस्कार ०५२ मा समाजसेवी विजय राणाले स्थापना गरेका हुन् ।

यसपालिको पुरस्कार मंसिर दोस्रो साता राजधानीमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ ।

कार्यक्रममा यसै वर्ष स्थापना गरिएको नगद १० हजार राशिको श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ ।

पुरस्कार विगत तीन दशकदेखि अभिनयमा निरन्तर रहेका अभिनेता, निर्देशक सुभाष गजुरेललाई प्रदान गरिने आयोजक परिवर्तन नेपालले जनाएको छ ।

प्रतिक्रिया