बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०९:१४
वासिङटन डिसी 22:29

नेपाली फर हिलारीले भोटर रजिष्ट्रेशन शिविर सम्पन्न गरयो

इनेप्लिज २०७३ कार्तिक ३ गते १४:२८ मा प्रकाशित

voterforhillary

वाल्टिमोर,अक्टोबर १९ अमेरिकाको राष्ट्रपतिय निर्वौचनमा डेमोक्रयाट पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई विजयी गराउन र विभिन्न अभियान सञ्चालन गर्न स्थापना भएको नेपाली फर हिलारीले अक्टोवर १६ तारिखको दिन मतदाता दर्ता कार्यक्रम सम्पन्न गरेको छ । मेरिल्याण्डको टाउसनमा आयोजना गरिएको उक्त मतदाता रजिष्ट्रेशन पश्चात वाल्टिमोर काउन्टीमा रहेको डेमोक्रयाट पार्टीको प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे वाल्टिमोर काउन्टीका डेमोक्रयाट पार्टीका अध्यक्ष रोवी लियोनार्डले नेपाली समुदायको प्रयासको खुलेर प्रशंसा गर्नुभयो । उहाँले थप्नु भयो हामीहरु तपाईहरुले गर्नु भएको कामको प्रशंसा गर्दछौं ।
अमेरिका विविधताको वीचमा समावेशी समूहरुको अवसरको केन्द्र भएकाले अवसरलाई सफलताको मार्ग खोज्न अरु अमेरिकन जस्तै नेपाली अमेरिकनलाई पनि मेरो अनुरोध रहेको छ , लियोनार्डले अगाडि भन्ुयो –डेमोक्रयाट पार्टीको अवधारणा र विश्वास नै विविधतामा एकता भएकाले तपाईहरु यसमा विभिन्न तरिकाले सरिक हुन सक्नुहुनेछ ।
कार्यक्रममा डेमोक्रयाट पार्टीमा आवद्ध हयारी भण्डारीले नेपाली समुदायले डेमोक्रयाट पार्टी प्रति अगाध विश्वास राखेको वताउनुभयो । डेमोक्रयाट पार्टीको कारणले नै नेपाली फर हिलारी अभियानलाई विभिन्न राज्यस्तरमा पुरयाउन सफल भएको उहाँले वताउनुभयो ।
नेपाली फर हिलारी अभियानका एक दर्जन नेपालीहरु सहभागी भएको उक्त कार्यक्रममा हिलारीको प्रचार अभियानको टिसर्ट समेत सहभागीहरुको माझमा पुरयाइएको थियो ।
यसै गरी आईतवार नै मेरिल्याण्डमा वानाले आयोजना गरेको सडक महोत्सवमा नेपाली फर हिलारीको स्टलमा हिलारीलाई मतदान गर्न र मतदाता रजिष्ट्रेशन प्रक्रियाका वारेमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई केमिका भण्डारीले समन्वय गर्नु भएको थियो ।
यसैगरी अभियानलाई टेवा पुरयाउन मतदाता रजिष्ट्रेशनको अन्तिम दिन अक्टोवर १८ तारिखको दिन सम्म संकलन गरिएको सूची हुलाक मार्फत पठाइएको अभियानको कोअर्डिनेशन गर्दे आउनु भएका हयारी भण्डारीले जानकारी दिनुभएको छ । नेपाली फर हिलारीले आगामी साता देखि हिलारीको प्रचार अभियानलाई घरदैलो सम्म पुरयाउने र आगामी नोभेम्व ८ तारिखका दिन मतदान गर्न अभिप्रेरित गर्ने भएको छ ।

प्रतिक्रिया