हिन्दू विवाहिता महिलाले आज करवाचौथ पर्व मनाउँदै

इनेप्लिज २०७३ कार्तिक ३ गते ९:२५ मा प्रकाशित

downloadमहोत्तरी, ३ कात्तिक । हिन्दू विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज धुमधामका साथ करवाचौथ पर्व मनाइँदै छन् । आफ्ना पतिको सुख, समृद्धि, दीर्घायु एवम् अटल सौभाग्यको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाउने गरिन्छ ।

आज साँझको समयमा चन्द्रमालाई अर्घ दिएपछि आफ्नो पतिको मुख हेरेर यो पर्व समापन गर्ने परम्परा छ । कात्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने करवाचौथ पर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ ।

दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको अर्घ दिएपछि भोजन गर्ने गरिन्छ । साँझको समयमा सोह्रशृङ्गारमा सजिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चन्द्रमाको पूजा गर्ने गर्दछन् ।

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान् प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । १२ वर्ष अथवा १६ वर्षसम्मको अवधि पूरा भएपछि यस पर्वलाई उद्यापन ९उपसंहार० गर्ने चलन रहेको छ ।

प्रतिक्रिया