एनआरएनए पपुवा न्यू गिनीले मनायो दसैं

इनेप्लिज २०७३ कार्तिक १ गते २२:१९ मा प्रकाशित

papuwa-3

गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्यू गिनीले हिन्दु नेपालीहरुको महान पर्व दसैं धुमधामले मनाएको छ ।

papuwa1-1
पपुवा न्युगिनीमा लामो समय विताएका जेष्ठ सदस्यहरु किशोर सिन्हा र कमल तन्डुकारलाई विशेष स्वागत तथा सम्मान गरिएको उक्त दसैं कार्यक्रममा एनआरएनए पपुवा न्युगिनीका अध्यक्ष राज बहादुर शाहीको सभापतित्व रहेको थियो ।

papuwa1-2
त्यसैगरी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय पपुआ न्यू गिनीका प्रमुख केदार पौडेल, पपुवा न्युगिनीका लागि एसियन डेभलपमेन्ट बैंक (एडिभी) का चिफ अफ इकोनोमिस्ट कन्ट्री डाइरेक्टर तथा रेसिडेन्ट मिशन डा. युरेन्द्र बस्नेत, पपुवान्युगिनीका लागि युनिशेफका शिक्षा विज्ञ शिवलाल भुसाल, पपुवा न्युगिनीका लागि युएनका चिफ सेक्युरेटी एडभाइजर विजय शाह र फेमली हेल्थ इन्टरनेशनल (एफएचआई) का कन्ट्री फाइनान्स डाइरेक्टर प्रवेश अर्यालको आतिथ्यता तथा एनआरएनए पपुवा न्यू गिनीका महासचिव राज तिरुवा, सदस्य नारायण भण्डारी, पोसिङ पुन र एनआरएनए पदाधिकारीहरुको उपस्थितिमा दसैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको अध्यक्ष राज बहादुर शाहीले संसारन्युज डटकमलाई बताउनु भएको छ ।

papuwanew-1

कार्यक्रममा अध्यक्ष शाहीले आगामी दिनमा पपुवान्युगिनीका समुदायबीच नेपाली कला संस्कृति झल्काउने कार्यक्रमहरु गरेर उनीहरुका बीचमा नेपाल चिनाउने काममा सक्रिय भएर लाग्ने बताउनु भएको थियो ।

प्रतिक्रिया