शनिबार, असार ५ २०७८
काठमाडौं १५:४४
वासिङटन डिसी 05:59

बिश्व बेल्ट बिजेता उज्ज्वल ठकुरी को अर्को किर्तिमान

इनेप्लिज २०७३ कार्तिक १ गते २:५३ मा प्रकाशित

हिजो मात्र ब्रेकिङ्ग प्रतियोगितामा बिश्व बेल्ट बिजेता उज्ज्वल ठकुरी ले आज फेरी अर्को नया किर्तिमान गरेका छन् l गिनिज बूक अफ वोर्ल्ड रेकर्ड को लागि आज सम्पन्न गरेको आयोजक “बाना” को स्ट्रीट फेस्टिवल कार्योक्रममा उज्ज्वल ठकुरी ले १३० पाउण्ड २५ सेकेन्ड, २६ सेकेन्ड र ३६ सेकेन्ड फांग गरेर ३ चोटी उचालेर डिसी ,बाल्टिमोर र भर्जिनिया विश्व लाई संदेश दिएका छन् l

गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा अहिले सम्म १ सय १० पौण्ड मात्र फांग गरेर उचाल्ने रिकर्ड भेटिएको छ l यदि यो भिडियो लाई गिनिज बुक द्वारा स्वीकार गरिएमा गिनिज अफ वोर्ल्ड बुक मा नाम निक्लने धेरै सम्भव छ ।

बिश्वमा उज्ज्वल ठकुरी पहिलो नेपाली हो ,जसले दाँतले १ सय किलो वजन फांग गरेर उचाल्न सक्छन l ७ प्रान्तमा कराते खेल्ने पहिलो व्यक्तिमा गनिनुको साथ साथै अमेरिकामा उज्ज्वल ठकुरीले १३ वोटा स्वर्ण पदक हान्ने पनि पहिलो व्यक्तिमा गनिन्छ l

२ वोटा अमेरिकाको राष्ट्रिय पदक हात पारेर नाम र फोटो टास्ने पहिलो सफल व्यक्ति हुन् सफल भएका छन l उनि भन्छन न त मलाई पैसा, न त् मलाई पार्टीको झन्डा, मेरो सान खाली देश को झन्डा ,अनि मेरो छात्ती र टाउकोमा उठाउन पाउनु नै मेरो जीत हो, देश को सम्मान नै मेरो सम्मान हो ठकुरी भन्छन l

यो गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि जजहरु अन्तरास्ट्रिय भलिबल खेलाडी सुनिल चौधरी , बानाको अध्यक्ष कुलमणि आचार्य, महेश भट्टराई , भारोतोलन खेलाडी रुप कार्की , रतन सुबेदी सृजन ताम्राकार ,केशब बराल रहेका थिए भने यसको लागि क्यामरा म्यान सृजन ताम्राकार द्वारा उपलब्ध गरिएको थियो ।

dsc08070

प्रतिक्रिया