आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:२७
वासिङटन डिसी 02:42

भाषाको वर्णविन्यास त्रुटिः पूर्ण इजलासमा पठाउने आदेश

इनेप्लिज २०७३ असोज ३० गते १३:५५ मा प्रकाशित

sarwarcha-aadalatकाठमाडौँ, ३० असोज । सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन परेको रिट निवेदनमा थप बहसका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले सो निवेदनमा अग्राधिकारसहित पूर्ण इजलासमा पठाउने आदेश आज जारी गरेको हो ।

नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन माग गर्दै अधिवक्ता स्वागत नेपाल र सञ्चारकर्मी टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया