बीस प्रहरी बिभागीय कारबाहीमा

इनेप्लिज २०७३ असोज ३० गते १३:१७ मा प्रकाशित

nepal-policeरोल्पा, ३० असोज । रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

कारबाहीमा पर्नुको कारण अनुशासनहीन काम गरेको , मापसे सेवन र आफ्नो ड्युटी नगरेको बताइएको छ ।

त्यसो त जिल्लाका दुईजना प्रहरी कर्मचारीले क्षेत्रीयस्तरको पुरस्कारसमेत प्राप्त गरेका छन् ।
प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराव काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको र यसलाई आगामी वर्ष थप कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।

यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन । जिल्लामा ६०६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेकामा हाल ३८२ जनामात्र कार्यरत रहेका छन् ।

प्रतिक्रिया