जनसम्पर्क समिति जर्मनीको अध्यक्षमा खड्का चयन

इनेप्लिज २०७३ असोज ३० गते ७:५२ मा प्रकाशित

shikhar-khadka

जर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का चयन भएका छन् । खड्काको कार्यकाल तीन वर्षको हुनेछ ।
समितिको तेश्रो अधिवेशनमा दुई दाबेदार विजय मोक्तान र खड्काबीच नेतृत्व आलोपालो लिने भद्र सहमति भएको थियो । मोक्तानले नेतृत्व हस्तान्तरण गरेपछि खड्काले जिम्मेवारी लिएका हुन् ।
बडा दसैंको शुभकामाना आदान प्रदान र नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान सभापति मोक्तानले आफ्नो कार्यकालको प्रगति विवरण सुनाएका थिए ।
उनले जर्मनीले दिएको सन्देशले नेपाली जनसम्पर्क समितिको एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित सभापति खड्काले सहमति र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया