निराजनलाई ‘डाटो श्री’ सम्मान

इनेप्लिज २०७३ असोज ३० गते ७:४७ मा प्रकाशित

shooting-1

काठमाडौ । मोडल तथा निर्माता निराजन सिंह ‘डाटो श्री’ सम्मानद्वारा सम्मानित भएका छन् । इन्डोनेशियाका महाराजा कुटाई मुलावार्मानले उनलाई सो सम्मान प्रदान गरेका हुन् ।
ब्रुनाइ, मलेसिया, सिङ्गापुरलगायत एसिया अधिकाम्स देशमा यो सम्मान महत्वपूर्ण मानिन्छ । देशमा उत्कृष्ट २५ युवा मध्यबाट छानिएका निराजनले सम्मानले आफूलाई थप जिम्वेवारी र लगनशील बनाएको बताए ।
अभिनय, समाज सेवा र ब्यवसायमार्फत समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान दिइएको हो । अमेरिकाको किङ युनिभर्सिटीबाट डा. उपाधि पाएका निराजनले यो सम्मान पछि आफ्नो नामको अगाडि डाटो श्री डा. निरजान राख्न पाउनेछन् ।
निराजनले केही पहिले मात्र मलेसियाको क्वालालम्पुरमा एइइएफ नामक मल्टिनेशनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)द्वारा आयोजित प्रेस्टिजियस ब्रान्ड अवार्डमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका थिए । ‘जीवन एक दौड’, ‘द लोस्त सोउल’ नामक दुई सर्ट चलचित्र बनाएका निराजनले आधा दर्जन बढी म्युजिक भिडियो अभिनय गरेका छन् ।
ललितपुर–९ गच्छेंका निराजन समाज सेवा र व्यवसायमा पनि क्रियाशील छन् । रोयल सिंह इन्टरप्राइजेजका चियर पर्सन समेत रहेका निराजनलाई अभिनय, सामाजिक कार्यमा सक्रिय र व्यवसायको लगावका कारणले किङ युनिभर्सिटी, अमेरिकाले व्यावसायिक हिसाबले सफल तथा अब्बल युवाको कदर तथा सम्मान स्वरूप डक्टरेट उपाधिले सम्मान गरेको थियो ।

प्रतिक्रिया