मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:११
वासिङटन डिसी 01:26

अमेरिकाको एक रेष्टुरेन्टमा फेरि गोली चल्यो, गोलीबारीमा तीन जनाको मृत्यु

इनेप्लिज २०७३ असोज ३० गते ७:४५ मा प्रकाशित

shooting-1

लस एञ्जलस, ३० असोज । अमेरिकाको लस एञ्जलसस्थित एक रेष्टुरेन्टमा झगडामा चलेको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ । घटनमा १२ जना घाइते भएका छन् ।
घटनास्थलमा गोली लागेका कारण रेष्टुरेन्टभित्र रगतका छिटा देखिएको स्थानीय प्रहरीले जनाएको छ । गोली चलाएको घटनामा संलग्न रहेको अभियोगमा दुई समूहलाई पक्राउ गरेर प्रहरीले सोधपुछ थालेको छ ।
लस एञ्जलसको पुलिस विभागका अधिकारी माइक लोपेजका अनुसार शनिबार राति साढे बाह्र बजे गोली चलेको थियो । रेष्टुरेन्टमा पाटी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । पाटी चलिरहेका बेला दुई समूहबीच झगडा भइ गोली चलेको जनाइएको छ ।
झगडा भएपछि एक पुरुष र एक महिला रेष्टुरेन्टबाट निस्किएर गएका थिए । त्यसको लगत्तै उनीहरू आएपछि रेष्टुरेन्टभित्र गोली चलेको जनाइएको छ ।
सोही जोडीले गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । – एजेन्सी

प्रतिक्रिया