बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १५:४९
वासिङटन डिसी 05:04

हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा बृक्ष रोपण सम्पन्न

इनेप्लिज २०७३ असोज ३० गते ७:३६ मा प्रकाशित

dsc_0331

कोलोराडो अमेरीका
अक्टोबर १५ , २०१६
कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा सनिबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।

dsc_0360
लङमन्टको स्थित जिमहाम पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका रुखहरु रोपिएका थिए । रोपिएका रुखहरु बिभिन्न व्यक्तिहरुले आङ्खनो दिवांगत बाबु आमाको संझनामा रोप्न सहयोग गरेका हुन् ।

dsc_0366
यसरी सहयोग गर्नेहरुमा धर्मराज श्रेष्ठले बाबु सुर्यबहादुर श्रेष्ठ र हालै दिबंगत आमा छन्दकुमारी श्रेष्ठको संझनामा, जोशन श्रेष्ठले बाबु रामबहादुर श्रेष्ठको संझनामा, नारायण श्रेष्ठ र शोभा श्रेष्ठले बाबु पुर्णकुमार श्रेष्ठको संझनामा, क्रान्ति गौलीले बाबु शिबकुमार गौलीको संझनामा, नरकुवेर राईले हालै दिबंगत आमा डलीमयां राईको संझनामा बृक्षरोपण गर्न सहयोग गरेका हुन् ।

dsc_0305
बृक्षरोपण कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिल, डिष्टिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

dsc_0301
अमेरिकाको नियम अनुसार सर्बजानीक स्थानमा बृक्षरोपण गर्दा स्थानीय सिटीको अनुमतीमा मात्र गर्न सकिन्छ । उनिहरुले कुन ठाउंमा कुन जातका बिरुवा लगाउने भनेर अनुमती दिएपछिमात्र यस्ता कार्यक्रमहरु गर्न सकिन्छ ।

dsc_0299 dsc_0297

प्रतिक्रिया