बुधबार, मंसिर १० २०७७
काठमाडौं ०८:१७
वासिङटन डिसी 21:32

अस्ट्रेलियामा आर्ट अफ ह्यापिनेस कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असोज ३० गते १:३० मा प्रकाशित

rajan-8

सिड्नी । शान्ति र सकारात्मक सोचले स्पर्श गर्ना साथ ,खुम्चिएका मुटुहरू प्रफुल्न हुन्छन्। जीवनका निराशाहरू ओझेल पर्छन्। अनुहारमा खुसीको घाम झुल्ल्किन्छ । एउटा सानो उत्प्रेरणाका शब्दहरू जीवनमा दिशा निर्देश गर्ने विज बन्न सक्यो । यस्तै अनुभव बटुलेर घर फर्किए सिड्नीका वासिन्दाहरू शनिवार । ‘आर्ट अफ ह्यापिनेस ‘खुशि रहने सुत्र हरू को एक कार्यक्रम बाट जसलाई हर्ट्स्भिल स्थित सिभिक थिएटर मा आयोजना गरेको थियो ।

‘दि माइण्ड पावर सोसाइटि’ र ‘नाइफा’ सिड्नीले आयोजना गरेको सो कार्यक्रम पुर्वीय दर्शनको शान्ति पश्चिममा फैलाउने एक सेतु बन्न पुगेको सहभागीहरूको प्रतिकृया रह्यो । विश्व मानव समुदायलाई शान्ति र उत्प्रेरणा बांडदै हिंड्नु भएका युवा अध्यात्मिक गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा )ले सो सो अवसरमा सुखका सुत्र हरूलाई प्रशिक्षण गराउंदै सबैलाई पेट मिचि-मिचि हांस्दै रम्न सक्ने मुल मन्त्र पस्किरहनु भएको थियो ।

जहां विभिन्न रोग निवारणका सहज योग आसनहरू , हांस्य चिकित्सा , तनाव व्यवस्थापनका सुत्रहरू , प्रस्तुत गर्दै उत्प्रेरणा का उर्जाशिल प्रवचन मार्फत उत्प्रेरक आचार्यले सबैलाई उत्साहित पार्नुभएको थियो । कुण्डलिनी ध्यान योग तथा ध्यानका सुत्रहरू पस्कनु भएको थियो ।

rajan-3

७५ वर्षका अस्ट्रेलियन योगि ‘मिलोस ‘जसले गुरु सँग विगत ३ वर्ष देखि नियमित रुपले योग साधना गर्दै छन् , उनिहरूले समेत स्टेजमा कठिन योग आसन गर्दा हल स्तब्ध बनेको थियो । रोमान्चकता हांसो , सफल जीवनका लागि उत्प्रेरणा ले भरिएको सो कार्यक्रम सिड्नीमा आयोजना गरिएका कार्यक्रम मध्ये अब्बल भएको र यसलाई निरन्तर विभिन्न स्थानमा आयोजना गर्नु पर्ने सहभागीहरूको प्रतिकृया थियो ।

राजनीति , जातियता , वर्ग र गुट भन्दा माथि उठेर आयोजना गरिएको सो शान्तिपूर्ण कार्यक्रममा बताईएको सुखका सूत्रहरूलाई सामाजिक सन्जाल मार्फत अवलोकन गरि हजारौंले लाभ उठाउनु भएको थियो । भारत , अमेरिका , नेपाल , सिङ्गापुर , फिजी लगायतका देशमा लाखौंंका विच लोकप्रिय बनेको आचार्य राजन शर्माका ‘सुख सुत्रका कला ‘सिड्नीमा बने यसरी विशाल रुपमा पहिलो पटक आयोजना गरिएको हो ।

न्यु साउथवेल्स का महावाणिज्य दुत दीपक खड्का प्रमुख अतिथि रहनु बहेको सो कार्यक्रममा , गैरआवसिय नेपाली संघ (एन आर एन )का प्रवक्त्ता रन्जु थापा , एन आर एन आइ सि सि का सद्स्य केशव सापकोटा , एन आर एन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन के सि लगायत समुदायका विभिन्न व्यक्तिहरूले कार्यक्रम अति नै लाभदायक भएको र यस्तो कार्यक्रममा हरेकले आफ्नो जीवनमा एक पटक सहभागिता जनाउंनै पर्ने बताउनु भयो ।

rajan-4

अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष विनोद पौडेल , नेपाल टेलिभिजनका वरीस्ठ क्यामरा म्यान सुदर्शन चित्रकार, पेन्सस नेपाली समुदायका हरी श्रेष्ठ, शम्भु पोख्रेल ,ॐ कार ध्वनी टेलिभिजन कार्यक्रमका मुकुन्द शर्मा, नाइफाका अध्यक्ष सागर अधिकारि लागायत विभिन्न ब्यक्तिहरू को आतिथ्यता रहेको सो कार्यक्रमलाई पञ्चकन्या नेपाली राष्ट्रिय गान गाएर र सँङ्ख ध्वनि मार्फत शुभरम्भ गरिएको थियो ।कार्यक्रमलाई मिठास युक्त तवरले सन्चालन गर्दै विदुर प्रसाद सापकोटाले सबैलाई कसरी आँफैंमा खुशी रहने भनेर सिक्न सबैलाई आग्रह गर्नु भएको थियो ।

rajan-7

कार्यक्रमले आफुमा सकारात्मक उर्जा प्रवाह भएको र यसलाई निरन्तरता दिनुपर्ने माहावाणिज्य दुत खड्काको भनाइ थियो । यस्तै एन आर एन प्रवक्त्ता रन्जु थापाले विश्वले विर्संदै गएको खुशीलाई यसरी शहर शहर मा लैजानुलाई हरेक नेपालीको गौरवमान्दै सहभागि हुनु पर्ने बताउनु भयो । आचार्य राज्न शर्माले विगत ८ वर्ष देखि सीड्नीमा अस्ट्रेलियन समुदायविच पुर्वीय दर्शन , योग ,सकारात्मक सोच , अध्यात्म र शान्ति प्रवर्द्दन गर्दै आउनु भएको छ ।

rajan-5

कार्यक्रममा आचार्य राजन शर्मा ले बताउनु भएका केहि उपयोगी अंशहरू :

आहार, विहार र प्रत्यहार लाई हरेक दिन सच्याउंदै जाने
जसलाई भेटे पनि उसबाट सकारात्मक कुरा लिन खोज्ने
आफुलाई चिन्न सदैव साधना गर्ने
आफुमा भएको सकारात्मक गुण,उपलब्धिहरूलाई सुची बनाउने
हरेक दिन सिकेका राम्रा कुराहरुको संकलन गर्ने
योग , ध्यान ,साधनाका अभ्यास निरन्तर गर्ने
निरासा अन्त्य गर्ने योग ‘ शब्द ब्रम्ह योग साधना’ गरिरहने
मृत्‍युको सतत याद गरिरहने आदि।

प्रतिक्रिया