शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:५७
वासिङटन डिसी 16:12

सन फ्रान्सिस्कोमा दशैको भागवत पुराणको साँगे ४० हज़ार भन्दा वढी भक्तजनहरूवाट चन्दा ।

इनेप्लिज २०७३ असोज २९ गते ९:२३ मा प्रकाशित

img_2171

क्यालिफोर्नियामा अक्टोवर २ तारिख देखि शुरू गरि अक्टोवर १० सम्म गरिने भनिएको श्रीमद भागवत पुराज्णको आज सोमवार अन्तिम दिन समापन गरियो । “हाम्रो आफ्नै सामुदायिक भबन , अहिले नवनाए कहिले वनाउने,हामीले नगरे कसले गर्ने ” भन्ने नाराको साथ बे एरियामा लामो समय देखि बसोबास गर्दै आउनुभएका अग्रज तथा समाजसेवीहरूको सपना, योजना र प्रयासलाई उत्साही कर्मठ युबा युवतीहरुको सहयोग र समर्थन तथा साथका कारणले यो परियोजना करिब अन्तिम चरणमा पुग्दैछ । उक्त परियोजनालाई मुर्त रुप दिन ठूलो धनराशीको आबस्यक्ता परेकोले हरेक तह, तप्काका साथै संघ र संगठनले श्रोत परिचालन गरेर उक्त धनराशीको जोहो गर्ने अभियानमा जुटेका छन् ।

img_2167
यही अभियान अन्तर्गत नेपाली कम्युनिटी सेण्टरको सहयोगार्थ विजया दशमी २०७३ को पावन अवसरमा अक्टोबर १ शनिबार देखि १० अक्टोबर सोमवार आजसम्म एनसिसी द्वारा आयोजित घटस्थापना र दुर्गा पूजा गरि श्रीमद देवीभागवत महापुराण महायज्ञको सोमवार समापन गरियो ।

img_2165

व्यासाचार्य प्राध्यापक चूडामणि शास्त्री ज्यूबाट मीठो कथा प्रवचन एवं प्राध्यापक श्री धर्मराज कोइराला ज्यूबाट रसयुक्त पाठ पारायणले भक्त जनलाई आनन्दित तुल्यायो । साथै वे एरियाका उत्कृष्ट कलाकार निरन इटनी, द्वारा भव्य भजन कीर्तनले सम्पूर्ण भक्त जनहरूलाई ननचाई छाडेन । वे एरिया वासीले अन्तिम दिनसम्म आई तन मन धनले सहयोग गरेकाले नै $३६६३५ रक़म तत्काल दिईएको र वाकि अनलाईन द्वारा पठाउने र सहयोग स्वरूप वोल्ने क्रम जारी रहेकोले $ ४० हज़ार भन्दा वढी चन्दा संकलन गराई महायज्ञ सफल पार्नु भएकोले एनसिसी परिवारले धन्यवाद दिएको छ ।

img_2164

सोमवार नवमीका दिन श्रीमद देवीभागवत महापुराण महायज्ञको प्रारम्भको अन्तिम दिन भएकाले ६५ वर्ष भन्दा माथिका वुवा आमालाई मंदिर परिसरमा एनसीसीका संयोजक उत्तम कार्कि,न्यान्सका अध्यक्ष तेज़ राई,बरिष्ठ उपाध्यक्ष ईश्वर सिटौलाले जेष्ठ नागरिकहरूलाई दोसल्ला ओडाइ धूमधामसँग सांग्य गर्नुभयो । उक्त कार्यक्रममा नौ जना कन्यालाई सम्पूर्ण भक्त जनहरूले हर्ष उल्लासका साथ पुजा गरिएको थियो । सो कार्यक्रममा सहयोग गरि आफ्नो घर र जग्गा दिई सहयोग गर्नुहुने गोविन्द शाहीलाई पनि सम्मान गरिएको थियो ।

हिन्दु परम्परा अनुसार श्रीमद् भागवत पुराणको जमरा दशैको टिकामा घरमा लगेर टीका लगाएमा आफूभन्दा ठूलाले दिएको आसिर्वाद लाग्ने विश्वास भएको र यो पुरानो चलन अनुसार यस पटक सन फ्रान्सिस्को वासीले दशै मनाए ।

उक्त महापुराणमा न्यान्सका पदाधिकारिहरू कैलाश थापा,सुरेन्द्र मल्ल,प्रेम परियार,सुमेश रिजाल,श्री सुवेदी लगायतका पदाधिकारिको पनि वाक्लो उपस्थिति र सहयोग थियो । त्यस्तै जानुका राई, लक्ष्मी कार्की ,मीरा शाही,भगवती श्रेष्ठ,लीला कायस्थ, तुलसा थापा,दुर्गा सीटौला,दुर्गा दाहाल र कल्पना दाहाल पनि अहो दिन अहो रात्र खटनु भएको थियो ।

( समाचार -सर्बज्ञ वाग्ले )

प्रतिक्रिया