बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १५:४३
वासिङटन डिसी 04:58

समयमै स्थानीय चुनाव हुन्छ : मन्त्री बूढाथोकी

इनेप्लिज २०७३ असोज २८ गते १०:२३ मा प्रकाशित

keshab-kumar-budhathoki-768x524जिरी, (दोलखा), २८ असोज । सामान्य प्रशासन मन्त्री केशव बूढाथोकीले समयमा नै स्थानीय निकायको चुनाव हुने बताउनुभएको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमाले जिम्मेवार पार्टी भएका हुनाले पनि चुनावमा सहजरुपमा सहभागी हुने दाबी गर्नुभयो ।

मन्त्री बुढाथोकीले एमालेलाई चुनाव हुदैँन भन्न मिल्दैन् भन्दै एमाले सरकारमा रहँदा समेत प्रथामिकतामा रहेको स्थानीय चुनाव अब जसरी पनि हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले जिरीका स्थानीयवासीसँगको छलफल गरी भूकम्पपछिको पर्यटकीय नगरी जिरीको पुनःनिर्माणमा समेत चासो व्यक्त गर्नुभयो ।

प्रतिक्रिया