चेपाङ केन्द्रमा दशैं

इनेप्लिज २०७३ असोज १४ गते १३:११ मा प्रकाशित

dsci5338

चितवन, १४ असोज
पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा आज एक कार्यक्रमका बिच दशैं मनाईएको छ ।

बालबालिकाहरु दशैं बिदामा घर जाने भएको हुँदा केन्द्रमा आज दशैं मनाईएको हो ।

नारायणगढका दुई दिदी बहिनीहरु श्रद्धा लिम्बु र कृष्णा लिम्बुले बालबालिकाहरुसँगै बसी मिष्ठान्न भोजन गराएर दशैं मनाएका हुन ।

dsci5350

यो कार्यक्रमको संयोजन हाँस्य कलाकार ज्योति काफ्लेले गरेका थिए । लिम्बु दिदी बहिनीले बालबालिकाहरुलाई दाल, भात, तरकारी, अचार, मासु खुवाएर नाचगान गरि सँग सँगै नाचेर रमाईलो गरेका थिए ।

चेपाङ बालबालिकाहरु अब दशैं बिदा सक्काएर केन्द्रमा फर्किनेछन ।

आफ्नो कला एवंम संस्कृति जोगाउनका निम्ति बिभिन्न ब्यक्तिको सहयोगमा सबै नेपाली चाडपर्वहरु मनाईने केन्द्रका सदस्य शिशिर सिंखडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया