“नक्कली जोगीले बढी खरानी घस्छ.”

इनेप्लिज २०७३ असोज ११ गते २२:४६ मा प्रकाशित

“माओबादी” केन्द्र नामको जमातको नाइके छबिलाल दाहालका नन्दी-भ्रिंगीहरू (हुक्के, बैठके, चिलिमे, दाश, नोकर र अन्ध-भक्तहरू) के पी वलीको सरकार ढलेकोमा औधी हर्ष-उल्लाषित भएका थिए र सामाजिक संजाल भर्दै भन्दै थिए “अब जनयुद्धका महान नेता र क्रान्तीका महानायक कमरेड प्रचण्डले कसैले पत्याउन नसक्ने गरी नेपालमा ठुलो क्रान्तीकारी कदमहरू छिट्टै चाल्नु हुनेछ र के पी वलीको खोक्रो राष्ट्रबादलाई उदाङ्गो बनाउनु हुनेछ. अब नेपालमा ठुलो क्रान्तीकारी उथलपुथल हुनेछ, नेपाल स्वर्ग वा स्विटजरल्याण्ड बन्नेछ.” उनीहरू यस्ता फोस्रा कुराहरू फ़लाक्दैछन.

तर, आजभोली भने”माओबादी” केन्द्रका नन्दी-भ्रिंगीहरूको कोलाहल निक्कै शान्त हुँदै गएको छ देखिन थालेको छ. हो नि, “नक्कली जोगीले धेरै खरानी घस्छ” भन्ने उखान त हामीहरूलाई थाहा छ नि ! हो अहिले त्यही नक्कली जोगी छबिलाल दाहालले सकेसम्म बढी खरानी घस्ने काम भैरहेको छ. तर पनि यी छबिलाले नन्दी-भ्रिंगीहरू अझै पनि बेला-बखतमा लाजै नमानी केहि न केहि फलाकि रहन्छन. उनीहरूले आजभोली “देख्नु भयो, हाम्रा महान क्रान्तीकारी नेता कमरेड प्रचण्डले हिजोसम्म दिनको ३ कप चिया पिउनु गर्ने हुन्थ्यो, तर आज दिनभरीमा १ कप मात्र चिया पिएर सरकारी खर्चमा ठुलो कटौती गर्नु भयो. क्रान्तिकारी प्रधानमन्त्री र सरकारले गर्ने काम त यस्तो हो नि !,

” “कमरेड प्रचण्ड हिजोसम्म राती अबेरसम्म बस्नु हुन्थ्यो, गएको राती देखि छिटो सुतेर बिजुलीको खपत घटाएर सरकारी बजेटमा कम व्ययभार गर्ने महान काम गर्नु भयो.” “मधेश आन्दोलनमा खेतालाहरू र भाडाका टट्ट बनेर भारतबाट आएका बिचरा ती बेरोजगार र पेशेवर अपराधीहरूलाई समेत शहिद घोषणा गरिदिनु भयो र उनीहरूलाई समेत सरकारको तर्फबाट छ्यतिपुर्ती दिनु भयो.

यसले गर्दा मित्र राष्ट्र भारत खुशी भएर नेपालसंग एउटा दाजुको रुपमा मधुर सम्बन्ध राख्न राजी भएको छ र मधेशी नेताहरू पनि धेरै खुशी भएर सरकारलाई सघाउने भएको छ. प्रचण्डले त यतीसम्म राम्रो काम गर्नु भएको छ कि त्यो आन्दोलनको समयमा आत्म-हत्या गरेर मरेका मानिसहरू र मधेशी आन्दोलन को समयमा आन्दोल

खोइ त्यो वलीले त्यस्तो महान कामहरू गर्न सक्यो त ?

यी छबिलाले नन्दी-भ्रिंगीहरूले अब यस्ता कुराहरू बाहेक अरु गतिला कुरा भन्ने के पो पाएका छन् र !!! उनीहरूका “महान क्रान्ती नायक” “कमरेड” प्रचण्ड /छबिलाल दाहालले यि बबुरा “माओबादी” केंद्रे नन्दी-भ्रिंगीहरूलाई यसरी सामाजिक संजालमा बेरोजगार बनाई देलान भनेर कहिले सोचेका थिएनन होला !!!

छबिलाल दाहालको रुपमा ब्वाँसाले आफ्नो सक्कली अनुहार देखाई दिए पछी र “नक्कली जोगीले बढी खरानी घस्छ” भन्ने तथ्य बुझेपछी अलिकता चेत खुल्छ कि !!!!! तर, मलाई पक्कै थाहा छ, यिनीहरूको चेत त्यती सजिलै खुल्दैन. त्यसरी सजिलै चेत खुल्ने भएको भए त यिनीहरू छबिलाल दाहालको नन्दी-भ्रिंगी नै बन्ने थिएनन नि !!!!!!!

प्रतिक्रिया