अमेरिकामा महिला तथा पुरुषले जीवनमा कति पटक सम्म विवाह गर्छन ?

इनेप्लिज २०७३ असोज ९ गते २१:२६ मा प्रकाशित

bijay-2-800x556

लेखको शिर्षकमा आँखा जान साथ कौतुहलता जाग्न सक्छ ? वास्तविकतामा के रहेछ भन्दै एक पटक यसो नजर दिउ कि भन्ने पनि हुन् सक्छ ? अनि आ-आफ्नै तर्कको झटारो हान्न पनि मन पर्छ ? अमेरिकामा जस्तो देशमा यस्तो जानकारी दिई रहनु पर्ला त भन्ने लाग्न पनि सक्छ ?

यसै सेरोफेरोमा रही केहि तथांक समेत प्रस्तुत गर्ने जमर्को गर्दछु l कति पटक प्रेम हुन्छ भन्ने सवालको यो पंक्तिकार संग जवाफ छैन l त्यी कुराहरु नितान्त व्यक्तिगत हुन् l अमेरिकामा दोश्रो बिबाह भनेको एकदम सामान्य रुपमा लिइन्छ l तर स्मरण रहोस ,विश्व ब्यापी रुपमा आएको यो बाढीले हाम्रो जस्तो मुलुकमा पनि ठुलो बिकराल लिदैछ भन्दा कुनै आश्चर्य मान्नु पर्दैन l तपाई हाम्रै परिवारमा यस्ता घटना घटेका छन् l अनौठो पनि मान्नु पर्दैन l सशक्तिकरण को कारण यस्तो हुन जान्छ l

वि–वाह अर्थात् यसको शाब्दिक अर्थ बिशेष रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । सबै धर्ममा विवाहको ठुलो महत्व हुन्छ l अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक प्रकारको सम्झौता जस्तो पनि हुन्छ ,जसलाई खास बिशेष अवस्थामा भत्काउन पनि सकिन्छ तर हिन्दु विवाहमा लोग्ने र स्वास्नी वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनै पनि अवस्थामा तोड्न सकिन्न ।

अग्निको सातफेरा लिदै ध्रुवतारालाई साक्षी राखी दुई तन ,मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्ध भन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ l यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ ।

हिन्दु मान्यताका अनुसार गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यका लागि मात्र हुन्छ ।

अमेरिकाको जन गणना बिभागको २००९ को तथांक अनुसार पुरुष ३३ प्रतिसत पुरुषले कहिले विवाह गरेका छैनन् भनि देखाएको छ l यसै गरि पुरुषले जीवनमा एक पटक मात्र विवाह गर्नेको प्रतिसत ५२.३ देखाएको छ l र ,अमेरिकामा १० जना बिबाहित जोडी मध्ये ६ जनाले सम्बन्ध बिच्छेद गर्ने हुनाले जीवनमा दुई पटक बिबाह गर्ने पुरुष ११.६ प्रतिसत देखाएको छ l त्यसमा पनि अझ चित्त नबुझे पछि ३ पटक र त्यो भन्दा ज्यादा विवाह गर्ने ३. १ प्रतिसत रहेको आंकडा देखाएको छ l

पुरुषको तुलनामा महिलाले विवाह गर्ने सवालमा प्रतिसतमा निकै कम देखाएको छ l पुरुष भन्दा महिला विवाह गर्न र सुरक्षित हुन् चाहन्छन l र ,अबिबाहित महिला र जीवनमा विवाह नगर्ने महिलाको प्रतिसत २७.२ देखाएको छ l महिलाले विवाह गर्नेको प्रतिसत पुरुष भन्दा प्रतिसतमा ज्यादा देखाएको छ l महिलाले ५७.५ प्रतिसतले एक पटक विवाह गर्ने आँकडा प्रस्तुत गरेको छ l

महिला हत्पत्त दोश्रो पटक बैबाहिक सम्बन्धमा गासिन चाहदैनन् l पुरुषको कारणले सम्बन्ध बिच्छेद गरेको आरोप लाग्ने पनि गर्छ तर पनि दोश्रो पटक विवाह महिलाको प्रतिसत भने केवल १२. १ मात्र रहेको छ l दोश्रो विवाह पछि पटक पटक विवाह महिलाले पनि गर्दछन l तीन पटक भन्दा ज्यादा विवाह गर्ने मामलामा महिलाले पुरुषलाई प्रतिसतमा उछिनेका छन् l केवल सुन्य दसमलव १ प्रतिसतले पुरुषलाई पछाडी पार्दै 3.२ प्रतिसत महिला तीन पटक भन्दा ज्यादा विवाह गरेको तथ्यांकले देखाएको छ l

विवाह सम्बन्धि अझ रोचक जानकारी यस्ता पनि रहेका छन् l विवाह सम्बन्धि अनेकौ किर्तिमान भएका छन् l एक बरिष्ट बृद्ध जोडी हर्बर्ट र जेलमाईरा जस्ले किर्तिमान कायम गर्न सफल भएका थिए l फेब्रुअरी २७ ,२०११ मा उनीहरुको विवाह सबै भन्दा लामो ८६ बर्ष ९ महिना सम्म टिकेको थियो l तर दुर्भाग्यवस १ सय ६ बर्षको उमेरमा पुरुष बृद्धको मृत्यु भयो l

यसै गरि सबै भन्दा छोटो विवाह टिक्न गएको किर्तिमान हली वुडका कलाकार रुडोल्फ भ्याललेनटिनो तथा कलाकार जिन आकरको रहेको छ l आज भन्दा झन्डै १ सय बर्ष अगाडी १९१९ मा भएको सम्बन्ध बिच्छेद अलिक आश्चर्यजनक छ l विवाह गरेको आधा घण्टा (२० मिनेट )भन्दा पनि कम समयमा बेहुलाले बेहुली छोडी घर गएर समबन्ध बिच्छेदको कागजात गरि सम्बन्ध बिच्छेद गरेको किर्तिमान छ l

यसै गरि झन्डै २ दर्जन पटक भन्दा ज्यादा विवाह गर्नेमा एक महिला भएको ईतिहास छ l लिन्डा वोल्फ़ नाम गरेकी हजुरआमालले पहिलो पटक १६ बर्षमा विवाह गरे पछि पटक पटक विवाह २३ पटक गरेको किर्तिमान छ l उन्ले अन्तर्वार्तामा विवाह गरि प्रेमलिला गर्न लत लागेको बताएकी थिइन् l

बरटि तथा जेसी नाम गरेका बृद्ध दम्पत्तिले बिबाह गरेको ३६ पछि ९८ बर्षको उमेर सम्बन्ध बिच्छेद गरेका थिए l १ सय बर्ष पुग्न केवल २ बर्ष हुँदा यसो गरि बिश्व कीर्तिमानी गिनिज पुस्तकमा नाम लेखाएका थिए l किन बुढेस कालमा पार पाचुके गरेका हुन् भन्ने अज्ञात रहेको छ l

ग्लिन वोल्फ़ नामक एक पुरुषले सबैलाई आश्चर्य बनाई दिएका थिए l उनले लिन्डा नामक महिलालाई बेहुली मान्दै आफुलाई विश्व कै सबै भन्दा ज्यादा २९ पटक विवाह गर्ने पुरुष भनि दाबी गरेका थिए l उनि अहिले जीवित छैनन् l

प्रतिक्रिया