गल्तीका थुप्राहरुमा स्वयम् जल्दै खरानी भएर हावामा बिलय हुनेछौ !

इनेप्लिज २०७३ असोज ९ गते १६:५७ मा प्रकाशित

dev khanal

नेपाली कांग्रेस पार्टीको शिधान्त, नीति तथा कार्यक्रम लाई कुनै पार्टी वा व्यक्तिले चुनौती दिन सक्दैन I नेपाली माटोमा सुहाउदो १०० थुगा फूलको भाबनालाई समेट्न सक्ने समय र परिस्थिति अनुकुल परिमार्जित गर्दै राष्ट्र विकास नै पार्टीको मूल नारा हो I बि. पी कोइरालाको चिन्तन मानब जातिको विकास र सम्ब्रिधि नेपालको परिकल्पना फन्कोमा बेरिएको अवस्था बाट गुज्रिएको छ I

कांग्रेस ७० बर्षको हुदा सम्म कांग्रेस पार्टीमा बि.पी. कोइराला बाट परिकल्पनाहरु मुर्तरुप लिन सकेको छैन I कांग्रेस लाई जनताले पत्याए तर सुकिला कांग्रेस बाट जनतालाई सधै धोका मात्र दिएका छन् I पार्टीको आडमा अकुत समाप्ति आर्जन गर्ने,भारतीय सक्तिको चाकरी बाट आफु सधै मालामाल हुने प्रवृतिको हाबिले गर्दा देशले घुडा टेकेको अवस्था छ भने जनताका समस्या जहाँको त्यही छन् जनता रोग भोक र सोकमा डुबेको अवस्था छ I हिजो सगै मकै खाने नेताहरु आज पाडो, पजेरो, अलिसान महलमा बास बसेका छन् भने जनता सग एक गोलि सिटामोल किन्ने हैसियत छैन यो भन्दा घटिया निन्दनीय के हुन सक्छ I

मुठी भर झुण्डका भरमा राजनीति संचालन गरेका नेताहरु आज आफुलाई राष्ट्रिय नेताको रुपमा प्रस्तुत गर्छन धिकार छ तिमिहरुलाई नेपाली जनताको आशुले तिमिहरु पोल्ने दिनहरु टाडा छैन ! कांग्रेसमा भाग बन्डा गरि खानेहरुको उमेर लाई हेर्दा सबै नेताहरु ६० नाघी सकेका छन् तर अझै बुद्धिको बिर्को बन्द छ ! तिमीहरु अजम्बरी हुने वाला छैन जुन दिन तिमीहरुको बिर्को खुल्छ त्यो दिन गल्तीका थुप्राहरुमा स्वयम् जल्दै खरानी भएर हावामा बिलय हुनेछौ l हाम्रो देश बिगार्ने नेताहरु नै हुन् यो १०० प्रतिसत सत्य हो I सत्यलाई सत्य हो भन्न नसक्नेहरु असत्यलाई सत्य हो भन्न पछि पर्दैनन् I

आज मुलुक असफल हुनुमा कांग्रेस र एमालेका नेताहरु जिम्मेवार हुन् I एमाले र कांग्रेसको असफलता बाट माओबादीको जन्म भयो जसको कुनै राजनैतिक एजन्डा थिएन गरिब र धनि बिचको दुरीलाई समाप्त गर्ने बहाना २० सौ हजार जनता मारिए अन्तत कांग्रेस पार्टीका नेता गिरिजा प्रसादको तेस्रो नेत्र खुयो तब माओबादीलाई राजनैतिक अवतरण गरियो I ढिलाई भए पनि देश दुर्घटना बाट बच्न सफल भएको महसुस गरियो यो कुरालाई नेपाली जनताले राम्रै सग बुझेका छन् I

मदेश २ प्रदेशका नाउमा गरिएको आन्दोलन कुनै राजनैतिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलन होइन I कुनै एक जति विशेसका नेताहरु आफनो अस्थिव समाप्त हुने डर बाट आफनो निहित स्वार्थलाई सर्बोपरि ठान्दै समाजका गरिब जनतालाई सडकमा उतार्दैमा आफुले आशा गरेको परिणाम आउने दिवा सपना नदेखे हुन्छ I मदेश २ प्रदेश भन्ने नारा जनताको नारा होइन हामी नेपाली हौ पहिले नेपाली भएर अनि मदेश खोजु पर्छ ! मसेश बादी दल स्वयम् खुट्टा टेक्ने स्थान नपाएर भारतको सरनमा पुगेको कुरालाई हामी नेपाली जनताले बिर्सेका छैननौ ! अनोद्लंका नाउमा नेपालमा आउने समान लगाएत प्रेट्रोलियम बन्द गर्नु मद्से बादी दलहरुका नेता भाडाका टट्टू हुन् भन्ने कुराहरु प्रमाणित भएको छ I

भारतीय बिस्तारबाद नीति भन्दा पनि भारत चीन सग त्रसित भएको कारण नेपालमा सधै आफनो हैकम-बाद कायम राख्न खोज्दछ ! भारतीय हस्तछेपलाई नेपालमा प्रभाब पार्ने मदेश बादी दल मात्र होइन कांग्रेस एमाले पार्टीमा समेत नाताको हसियतमा विराजमान छन् I

आज मदेश २ प्रदेशको अजंडालाई कांग्रेस माओबादी बाट समर्थन गरेमा भोलि काठमाडौँ नेवारी राज्य ,पुर्बी तराई लिबुवान हुदा नेपाल र नेपालीको पहिचान के होला ? हामी जनताको मित्रताको सत्रु राजनैतिक पार्टी हुन् भन्ने भाबना जनतामा आएमा राजनैतिक पार्टीका नेतालाई बच्ने उपाय छैन अनि न नेता हुने छन् न नेपाल रहने छ I

हाम्रा पुर्खाले साचेको सम्पतिलाई आज हाम्रा नेताको कारण हाम्रो देशको अस्तिव संकटमा पर्दैछ I एउटा मुलमन्त्र अझै पनि हामी सुरक्षित रहनका लागि नेपाली जनता नै अगि बढ्नु पर्ने अवस्था आउदै छ जय नेपाल पुर्खाको सम्पति रक्षा गरौ नेपाल र नेपाली भएर नया नेताको खोजि गरौ जसले हाम्रो र भाबी सन्नतिको रक्षा गर्न सकोस II

प्रतिक्रिया