मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाउने

इनेप्लिज २०७३ असोज ४ गते ०:३० मा प्रकाशित

motor-7-copy

सेप्टेम्बर १९ ,आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l

उक्त जानकारी गत सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन )का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराईन l यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिन l

उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।

motor-5-copyमातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ ।प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले आफु उपस्थित नभए पनि शुभकामना तथा बधाई सन्देश दिनु हुने मेरिल्याण्डका गभर्नर ल्यारी होगनले हामी नेपाली समुदाय संग अझ काम गर्न चाहन्छौ भनि क्रिस्टिनले पढेर सुनाएकी थिइन् l

र उनले नेपालीहरुका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षित कुदाउन आग्रह गरिन l यसै गरि अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।

motor-6-copyमेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परिक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ l शाखाका उपाध्यक्ष विनोद उप्रेतीले कार्यक्रम संचालन गरेका थिए l  कार्यक्रममा डिसी महानगर क्षेत्रका केहि बिशेष व्यक्तिहरुले मन्तब्य राखेका थिए l

motor-8-copy motor-2-copymotor-3-copy motor-4-copy

प्रतिक्रिया