एन आर एन ए पोल्यान्डको बधाई कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असोज ३ गते २०:१६ मा प्रकाशित

received_1329400537078352

नेपाली खेलाडिले पोल्यान्डमा भएको अन्तरास्ट्रिय पाँचौ पारा तेक्वान्दो खेलमा काश्य पदक जितेको शुभ अवसरमा गैर आवासीय नेपाली संघ पोल्यान्डले मिति २०१६ सेप्टेम्बर १८ गते वारसवमा बधाइ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको खेलकुद इतिहासमै सबै भन्दा धेरै स्वर्ण पदक बिजेता श्री दिपक बिष्टको प्रमुख आतिथ्यमा एवम कोच श्री कल्याण कुवरको बिशेश आतिथ्यमा सम्पन्न बधाई कार्यक्रममा डा बोधराज सुबेदीले काश्य पदक बिजेता सिता भन्डारीलाई बधाई दिदै प्रगतिको कामना गर्नु भएको थियो । साथै अर्की खेलाडी रन्जना धामिको खेलको उच्च कदर गर्नु भएको थियो । बधाई कार्यक्रममा खेलाडिहरुलाई सम्मान गर्दै देशको इज्जत राखेकोमा आ इ सी सी सदस्य डा अलिनी पोखरेल सुबेदी एन आर एन ए बरिस्ठ उपाध्यक्ष मित्र लाल पार्दे महासचिव श्री कृष्ण न्यौपाने कोषाध्यक्ष श्री जिवन कुमार के सी महिला संयोजक श्री मति रिता न्यौपाने एवम सहसंयोजक कल्पना न्यौपाने लगायत उक्त कार्यक्रममा जम्मा भएका नेपालीहरुले बधाई तथा आभार प्रकट गर्नु भएको थियो । प्रमुख अतिथी श्री दिपक बिष्टले पोल्यान्डको मायालाई छातिमा टासेर नेपाल फर्किदैछु भनेर खुशी व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा खाना व्यवस्थापन सिद्दार्थ रेस्टुरेन्टले गरेको थियो ।

यसैबिच श्री दिपक बिष्टकै प्रमुख आतिथ्यमा एन आर एन ए पोल्यान्डले महिला संयोजक श्री मति रिता न्यौपानेको संयोजकत्वमा गठित महिला समितिलाई आधिकारिता पनि प्रदान गरिइएको थियो । उक्त समितिको सहसंयोजक कल्पना न्यौपाने सदस्यहरुमा समिक्षा शर्मा , भगवती ढकाल , श्रीजना थापा भेट्वाल , अनिता बस्नेत माया पुलामि , योन्ना राइ हुनुहुन्छ भने उक्त समितिमा वरिष्ठ सल्लाहाकार डा अलिनी पोखरेल सुबेदी, सल्लाहकारमा युलिता मोलेन्दालाई महिला समितिले चयन गरेको थियो ।

स्मरण रहोस् महिला समिती गठन गर्नको लागि केहि महिना पहिले पोल्यान्डमा आएर एन आर एन महिला संयोजक रजनी प्रधान र सहसंयोजक सपिला राज भन्डारीले बिशेष भुमिका निर्वाह गर्नु भएको थियो ।

प्रतिक्रिया