जापानमा एमाले समर्थकको भेलामा राजीव पहारीले सम्बोधन गर्ने

इनेप्लिज २०७३ असोज ३ गते १५:४१ मा प्रकाशित

rajib-pahari

टोकियो । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको प्रमुख आतिथ्यतामा जापानमा रहेका नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन ।
चियापान कार्यक्रम सेप्टेम्बर २२ तारिख बिहीवार २ः३० बजेदेखि टोक्योको जेआर कामता स्थित ओता कुरिचु सोहिमा सेकाचु सेन्टरमा हुने भएको छ ।

नेपालका विभिन्न जिल्लाहरुबाट जापानमा अध्ययन–अध्यापन, व्यापार–व्यबसाय, तथा रोजगारीको शिलशिलामा जापानमा आई बसोबास गरिरहेका एमाले समर्थित कार्यकर्ताले एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना भर्ने भएको हो ।

जापानमा नेपालीहरुको आगमन दिनप्रतिदिन बड्दै गइरहेको अवस्थामा नेकपा एमाले समर्थकहरुको आगमन पनि बृद्धी भईरहेको तथा पुराना सक्रिय अग्रज बुद्धिजीवहरुको सक्रियता न्युन महसुस गरी अग्रज बुद्धिजीवहरुको पहल र प्रबासी नेपाली मञ्च जापान,टोकियो कमिटिको आयोजनामा चियापान कार्यक्रम हुन लागेको हो ।

चियापान समारोहमा सहभागी हुन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी भोली टोकियो आईपुग्ने जनाएको छ । साथै सो कार्यक्रममा सहभागी हुन प्रबासी नेपाली मञ्च टोकियो कमिटीले सबैलाई अनुरोध गरेको छ ।

onf-japan-650x485

प्रतिक्रिया