१७ सेप्टेम्बर २०१६ – अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डमा आयोजित नेवा: पर्ब “ईन्द्र जात्रा” आयोजकहरुले सोँचेभन्दा बढ्ता करिब एक हजार ? नेपालीहरुको ऊपस्थितीमा भब्यताकासाथ सम्पन्न भयो l
नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) को आयोजनामा भएको उक्त इन्द्र जात्रामा :ईन्द्र जात्राको कथा भएको लाइभ नृत्य, आस्ता मात्रिका, गणेश, भैरब, कुमारीको नृत्य,पुलुकिसी र “लाखे नाच” जस्ता नृत्यहरु देख्दा काठमाडौँ ऊपत्यकामा हुने गर्ने ईन्द्र जात्राकै ठ्याक्कै अनुभव भयो l नेवा: संस्कृतीका स्कलर तथा नेवा: पुरोहित बसभ राजोपाध्याले प्रत्यक नृत्यहरुको अर्थ लगाएका थिए र अंग्रेजीमा पनि ट्रांस्लेट गरिएको थियो l नाच्दै गरेको लाखेले स-साना केटाहरुलाई भुतभुती लखेटेको बहुतै रमाईलो देखिएको थियो l नेवारी खाना “सामेबजी” को लागी नेपालीहरु डेढ/ डेढ घण्टा सम्म लाईन बसेका थिए l
बिदेशमा आएर पनी यस्तो नेपालको संस्कृती-संरक्षण हुनु राम्रो काम हो र बिशेषगरी सानो बच्चामै अमेरिका आएका तथा अमेरिकामै जन्मेका नेपाली बालबालिकाहरुलाई नेपालको संस्कृति कस्तो हुँदोरहेछ ? भन्ने थाहा दिने काम NOA ले गर्यो ( यो अति नै सर्हानिय काम हो )
– कार्यक्रमका प्रमुख-अतिथी नेपाली दुताबासका ईकोनोमिक काउन्सिलरश्री कैलाशराज पोखरेलले ईनेप्लीज डटकमलाई बताऊनुभयो l
म्यारिल्याण्ड राज्यको बोएड़स स्थित ब्ल्याक हिल्स रिजनल पार्कमा सेप्टेम्बर १७ तारिख शनिबारका दिन आयोजित “ईन्द्र जात्रा” मा – नर्थ अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ (ANS)का पुर्ब अध्यक्ष खेम भट्टचन, सन् 1967 मा ANS का ऊपाध्यक्ष कृष्ण निरौला लगायत डिसी, भर्जिनिया, म्यारिल्याण्डका
विभिन्न संघ, संस्थाका पदाधिकारीहरु, अमेरिकी बिश्वोबिध्यालयहरुका नेपाली प्राध्यापकहरु, अमेरिकी सरकार / फेडरल गभर्नमेन्टका नेपाली बैज्ञानिकहरुको पनि ऊपस्थिती रहेको कुरा आयोजक संस्था NOA का अध्यक्ष रामलाल श्रेष्ठले बताए l
ईन्द्र जात्राको झलकहरु (तस्बिर):
तस्बिर: खेम भट्टचन
प्रतिक्रिया