लोकप्रिय गायक हेमन्त शर्माले साथ दिए पानी अभियानलाई

इनेप्लिज २०७३ भदौ ३१ गते ९:४१ मा प्रकाशित

received_10210735449092360

” हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ” भन्ने नारामा आधारित भएर लक्ष्मीपुर गाविस सुनपुर दाङमा संचालित करोड पानी अभियानमा हामी कलाकार गायक गीतकार साहित्यकार सबैको साथ हुनुपर्छ । यो पबित्र अभियानमा हामी जुट्नै पर्छ भन्दै मेरो तर्फबाट के सहयोग गर्नु पर्यो म यो अभियानमा हातेमालो गर्न तयार छु ।मेरो व्यक्तिगत तर्फबाट आर्थिक नैतिक सहयोग गर्न चाहन्छु भन्दै गीतकार लोकराज अधिकारीसित चर्चीत लोकप्रीय गायक हेमन्त शर्माले भेटेर आफ्ना भावनाहरु व्यक्त गरेका छन् ।
थाप न थाप हातैमा मायाको चिनो मायालु जाले रुमाल , आउदै गर मालती , माया त यस्तो होस् माया सार्है महङो जस्ता दर्जनौ गीत गाएका गायक हेमन्त शर्माले भने ” म सबैको साझा कलाकार हु ।” यो पानी अभियान त झन दुनियाँकै पबित्र साझा महा अभियानमा आफू पनि जोडिन पाँउदा धेरै हर्षित छु र पानी अभियान अगाडि बढोस् भन्दै प्रोत्साहन स्वरुप रु ५ हजार प्रदान गर्न चाहन्छु भनेर गीतकार लोकराज अधिकारीसित व्यक्त गरेका छन् । साथै “तिमिले पराइ ठानेपछी पराइ हुन के भो र “भन्ने चर्चीत गीतका रचनाकार लोकराज अधिकारी पनि पानी अभियानको नारा पूरा गर्न काठमाडौबाटै कस्सिएको खबर गरेका छन् ।

प्रस्तोता समाज नेपालका अध्यक्ष रहेका गायक हेमन्त शर्माको साथले पक्कै पनि पानी अभियान बिदेश बस्ने नेपालीले शुरु गरे ता पनि स्वदेश बस्ने हरेकले साथ दिन गैरहेको प्रष्ट बुझ्न सकिन्छ । के मान्छे के जनावर के पृथ्वी के बनस्पती सबैको साझा अभियान पानी अभियानलाई साथ दिएकोमा पोल्यान्डबाट पानी अभियानकर्ता मित्रलाल पार्देले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया