यही आउँदो बडा दशैं तथा दिपावलीको पावन अवसरमा, यस बर्षको सुपर हिट नेपाली कथानक चलचित्र “वीर बिक्रम” अब चाँडै अमेरिका भर प्रदर्शन हुने भएको छ।
https://youtu.be/breKmwR87O8
नेपाली सिने जगतका चर्चित नायक दयाहाङ राईको दमदार अभिनय रहेको वीर बिक्रमले नेपाली दर्शकहरुको मन जितिसकेको छ। त्रिकोणात्मक प्रेम कथा भित्र तीन जना नायकहरुले एउटी सुन्दर नायिकाको मन जितेर आफ्नो प्रेमको पोल्टामा पार्न गरिएको रस्साकस्सीको सुन्दर अनि मार्मिक कथाबस्तुलाई यस चलचित्रले बोकेको छ।
चलचित्र ” वीर बिक्रम” लाई यस अघि, नेपाली चलचित्र हँसियाको निर्देशन गरेर चर्चामा आएका निर्देशक मिलन च्याम्सले नै निर्देशन गरेका छन भने चलचित्र भित्र हाँसो, रोदन, प्रेम, त्याग, जलन सहित गाउँले जनजीवन भित्र रुमलिएको कथा बस्तुभित्र दयाहाङ राइ, अनुप बिक्रम शाही, अर्पण थापा र दिया पुनको उत्कृष्ट अभिनयले आ-आफ्नो भुमिकालाई पुर्ण न्याय दिएका छन् । अहिले सम्म विभिन्न स्थानहरुमा भएको प्रदर्शनीहरुमा यस चलचित्र हेरेर फर्कने
प्राय सबै दर्शकको प्रतिक्रियाका आधारमा “वीर बिक्रम” एकदमै स्तरीय अनि मनोरञ्जनात्मक भएको बताईएको छ।
च्याम्स इन्टरटेन्मेन्ट नेपालले बनाएको यस चलचित्रलाई “एभरेस्ट इन्टरटेन्टमेन्ट” को सहकार्य र प्रस्तुतिमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा यहि सेप्टेम्बर २५ तारिख आईतवार र २७ तारीख मंगलबार साँझ ८:०० बजेका शो: हरुमा स्थानीय Beltway Movie 6, 7660 Belair Road, Nottingham, MD 21236 को एक भब्य सिनेमा हलमा भब्य प्रदर्शन गरिने भएको छ भने अमेरिकाका अन्य नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेका राज्यका शहरहरुमा पनि क्रमशः प्रदर्शनी गरिने भएको छ।
त्यसै गरि, यदि तपाईंहरु कसैलाई अमेरिकाको कुनै पनि राज्यको आ- आफ्नो शहरहरुमा यो चलचित्र प्रदर्शन गर्न चाहनुहुन्छ भने अमेरिकाभरका लागि यस चलचित्रको आधिकारिक बिक्रेता “एभरेस्ट इन्टरटेन्टमेन्ट” मा कुनैपनी बेला सम्पर्क गर्न सक्नुहुनेछ।
थप जानकारी तथा सम्पर्कका लागि:
एभरेस्ट इन्टरटेन्टमेन्ट,
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Aakash Shrestha: 443-762-9227
Srijan Tamrakar: 443-675-8889
प्रतिक्रिया