डिसीमा एनओए को इन्द्र जात्रा (येन्या पुन्ही )को तयारी पुरा

इनेप्लिज २०७३ भदौ ३० गते १:१४ मा प्रकाशित

indra-jatraनेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )को आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) आगामी सेप्टेम्बर १७ तारिख भव्यताको साथ मनाउने भएको छ l र लगभग सम्पूर्ण कुराहरु तयारी भएको जानकारी संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले बताएका छन् l

डिसी महानगर क्षेत्रमा १६ बर्ष अगाडी नेवारी समुदाय द्वारा भाषा ,संस्कृति तथा कला लाई जगेर्ना तथा प्रबर्धन गर्ने उदेस्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए ) अमेरिकामा निकै सक्रिय छ l बिगत बर्ष झैँ यस पटक पनि त्यतिकै सहभागिता हुने लक्ष्य लिइएको छ भने कार्यक्रमको लागि डिसी महानगर क्षेत्रका नेपाली समुदाय ,बिभिन्न जात जाति ,अतिथि तथा समुदायको सहभागिता हुने छ l

आगामी कार्यक्रम म्यारिल्याण्डमा हुने भएको छ भने नेवा : समुदायको परम्परागत भोज समय बजी अतिथिहरुलाई निसुल्क खुवाईने छ l कार्यक्रममा लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य को साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत हुने छ l यसै समाचार मार्फत यस भेकका सबैलाई उपस्थित हुन् आग्रह अध्यक्ष राम लाल श्रेष्ठले गरेका छन् l

unnamed

प्रतिक्रिया