पश्चीममा फैलंदै छ नेपाली योग अध्यात्म

इनेप्लिज २०७३ भदौ २९ गते २३:४८ मा प्रकाशित

yog-2-copy

सिड्नी। संगित र्हिदयको भाषा हो । जाति वर्ग , भुगोल भन्दा माथि उठेर यसले सबैलाई एकतामा बांध्न सक्छ । अझ यस माथि पनि अध्यात्मको उर्जा मिसियो भने यसले मनोरन्जन मात्र हैन आत्मरन्जन र शान्तिको तरङ्ग फैंलाउंछ । यस्तै शान्तिको उत्सव बन्न पुग्यो ‘मन्त्र संगित महोत्सव अस्ट्रेलियामा ‘।

अस्ट्रेलियाका विभिन्न अध्यात्मिक साधकहरू, योगि, अयुर्वेदिक चिकित्सक , शान्ति प्रवर्द्दकहरूको यो उत्सव सबैलाई शान्ति पुर्वक जीवन जिऔं भन्ने सन्देशका साथ भब्य रुपमा सम्पन्न भएको छ । एक नेपालीको विषेश अगुवाईमा यति ठुलो महोत्सव हुनुले नेपालकै गौरव बढाएको सहभागी मध्येकै एक ‘विन्डी गर्ज ‘ बताउंछिन्। ५ सय भन्दा बढि अस्ट्रेलियन हरूको सहभागिता रहेको सो उत्सवलाई अगुवाई गर्दै अध्यात्म र शान्ति प्रवर्तक आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) ले ‘सुख सुत्र ‘ध्यान, योग ,’ हांस्य योग ‘ भावातित र कुन्डली ध्यान गराउनु भएको थियो ।

yog-1-copyआयुर्वेदिक भोजन , शाकाहार जीवन र आत्मिक सुखका बारेमा विविध कार्यक्रम गरिएको सो ‘मन्त्र म्युजिक फेस्टिभल ‘ सिड्नीको केन्थर्स्ट स्थित स्वामि हेल्थ रिट्रिट पेरिसर मा आयोजना गरिएको थियो । कार्यक्रमका प्रचारक सन्जय ह्याकेट भन्छन् ‘ यो कार्यक्रम गहिरो संसारिक निन्द्रामा परेका अस्ट्रेलियन हरूलाई चैतन्यको सुख तर्फ जगाउने यो महत्व पूर्ण अवसर हो । अब आचार्यज्यु को अगुवाईमा अर्को साल पनि यस्तै आयोजना गरिने छ ।

yog-5

अचार्य राजन शर्माको विश्व व्यापि शान्ति अभियान अन्तर्गत भारत , अमेरिका , क्यानडा , सिङ्गापुर र फिजि पछि गरिएको यो उत्सव निकै प्रभावकारी रहेको यस मिसनकि स्वयंसेवक क्याथि ब्रन्डको भनाइ छ । कार्यक्रमलाई अस्ट्रेलियन’ योग सोसाईटी ‘ स्वामि ‘ सरस्वोति योगा सोसाईटिले सघाएको थियो ।

yog-6

 

प्रतिक्रिया