स्वीजरल्यान्डबाट डा बिनयद्दारा पानी अभियानलाई सहयोग

इनेप्लिज २०७३ भदौ २८ गते ६:३८ मा प्रकाशित

fb_img_1473747016464
स्वीजरल्यान्डबाट एन आर एन ( गैर आवासीय नेपाली संघ) का  आइ सि सी सदस्य  डा श्री  बिनय श्रेष्ठले पानी अभियान शुरु भएको गाउँमा सफल पारेर यो अभियानलाई नेपाल भरि  बिस्तार गर्दै अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै  पानी अभियानलाई रु २० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ ।  स्मरण रहोस् स्वीजरल्यान्डबाटै श्री गुणराज शर्माले पनि  आफ्नो जन्म दिनको अवसरमा पानी अभियानलाई ३० हजार सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ । डा बिनय श्रेष्ठ पानी अभियानको बारेमा लेख्नु हुन्छ  ।

screenshot_2016-09-10-11-39-51

जीवन र विकासको आधार पानी

पानी जीवनको आधार हो । जीवन र जगतको उत्पत्ति नै पानीबाट भएको वैज्ञानिकहरु बताउँछन् । हरेक जीवको शरीरको अधिकांश भाग पानीले नै ओगटेको हुन्छ । पानीमा कुनै पोषण तत्व नभए पनि बाँच्नका लागि पानी अत्यावश्यक छ । पृथ्वीको दुई तिहाई भन्दा बढि क्षेत्रफल पानीले ढाकेको छ । तैपनि विश्वको लगभग एक बिलियन जनसंख्या सफा  पिउने पानीबाट बञ्चित छन् । विगतका बर्षहरुमा नेपालीहरुको पिउने पानीमा पहुँच बढेको भएपनि संयुक्त्त राष्ट्र संघको विकास लक्ष्य अनुसारको सन २०१७ सम्ममा सबैलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन नेपाल सरकार सफल हुने देखिंदैन । नेपाल जलश्रोतका लागि विश्व कै धनि राष्ट्र हो, तर लाखौं नेपालीहरुको अझै सफा पिउने पानीमा पहुँच छैन । त्यसैगरी सिंचाईको अभावले कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको छ । कुनै पनि राष्ट्रमा रहेको पिउने पानीको उपलब्धता र उक्त्त राष्ट्रको प्रति ब्यक्त्ति कुल ग्राह्रायस्थ उत्पादनका बीच प्रत्यक्ष सम्बन्ध रहेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । त्यसैले पानी जीवनका लागिमात्र नभई देश विकासको लागि पुर्वाधार पनि हो । पानी विना कुनैपनि राष्ट्रको विकासको परिकल्पना गर्न सकिंदैन ।

screenshot_2016-09-10-11-40-32

यसै सन्दर्भमा पानीको समस्याबाट पीडित दाङ जिल्लाको सुनपुर गाउँमा खानेपानीका लागि ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्’ भन्ने मूलमन्त्रका साथ एक अभियानको संचालन भएको विभिन्न संचारका माध्यमहरुमा प्रकाशित भएका छन् । सुनपुरका स्थानिय बासिन्दाहरु र गैर-आवासीय नेपाली संघ, पोल्याण्डका वर्तमान वरिष्ठ उपाध्यक्ष मित्रलाल पार्दे जीको उक्त्त अभियानमा नेतृत्वकारी भूमिका रहेको मैले पाएको छु । योजनाका लागि अर्थ संकलन गर्नु सहज छैन । साथै योजनाको कार्यान्वयनका चुनौतिहरु सहज हुँदैनन् भन्ने विगतले सिकाएको छ । तर पनि यो अभियान अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले अघि बढिरहेको देखिन्छ ।  पानीको अभावबाट पीडित गाउँको तिर्खा मेटन संचालित अभियानका लागि गैर-आवासीय नेपाली संघ, अन्य नेपाली संध-संस्था लगायत सबैको अझै बढि सहयोगको आवश्यकता छ । यस प्रकारका अर्थपूर्ण योजनाहरुको सफल कार्यान्वयनले प्रभावित गाउँमा विकास र सद्भावको अपेक्षा गर्न सकिन्छ ।

पानी अभियानलाई सबैले सहयोग गरौं,
डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड
आईसिसि सदस्य, गैर-आवासीय नेपाली संघ

प्रतिक्रिया