१९७४ एडीले डिसीका दर्शकलाई तताए र नचाए

इनेप्लिज २०७३ भदौ २६ गते १२:५४ मा प्रकाशित

1974-2गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी ,सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि र हर्षले झुम्दै गीतमा साथ दिएका थिए l

प्रारम्भिक चरणमा सभा कक्ष खाली रहेता पनि कार्यक्रम सुरु भए पछि खचाखच भरिएको थियो l नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको १९७४ एडि नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी ,मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेका थिए l

1974-5यो मन त मेरो नेपाली हो ,पुराना लोकप्रिय तथा नया गितियात्राका गीतहरु प्रस्तुत गरेका थिए l अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए l झन्डै एक दशक पछाडी डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडि का कलाकारले बताएका थिए l

र ,हामी नेपालबाट आएकोमा हामीलाई हौशला दिन पाल्नु हुने सबै प्रसंशक ,दर्शक आफ्ना साथीभाईलाई १९७४ एडि बिशेष धन्यवाद दिएका थिए l यसै गरि हजार सपना यात्राका नया गीतका गीतकार लामो समय देखि भर्जिनियामा बसोबास गर्दै आएका अनुप पहाडी(बिध्या वारिधि )ले आफुले रचेको गितलाई चर्चित स्थापित कलाकारले गीत स्वीकार गरि गाई दिएकोमा बिशेष धन्यवाद दिएका थिए l

1974-1यसै गरि यस कार्यक्रमको लागि बिशेष बिज्ञापन प्रायोजित गर्ने पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले भरेको चिट्ठा बाट भाग्शाली एक जना बिजेतालाई करिब ४ हजार डलर रकम बराबरको सुचना प्रबिधि सम्बन्धि छात्रवृद्धि यसका संस्थापकले कार्यक्रम बिच प्रदान गरेका थिए l

कार्यक्रममा डिसी महानगर क्षेत्रमा रहेका स्थानीय कलाकारको संगीत मण्डलीको साथै भर्जिनियाकि बिद्यार्थी प्रकृति देउजाले सांगीतिक साँझ शुभारम्भ हुनु आ-आफ्ना गीतहरु प्रस्तुत गरेका थिए l कार्यक्रममा आयोजक संस्था भिन्तुना अन्तर्राष्ट्रियका सदस्यहरु कालो वस्त्रमा उपस्थिति भएका थिए भने कार्यक्रम संचालन अन्जना बुढाथोकी सापकोटाले गरेकी थिइन् l

fullsizerender img_3584

1974-10 1974-9 1974-7 1974-6 1974-3 1974-11

प्रतिक्रिया