मेरो हातबाट Mount Everest लेखिएको CD भूईमा खस्यो। जब कोठामा प्रवेश गरे बेड खाली थियो । मन भरङ्ग भयो । संगै बसेर Mt. Everest Movie हेर्ने promise पुरा गर्न सकिन । उसलाई Mt. Everest हेर्ने ठुलो धोका थियो । मैले सोधे यो बेडको मानिस खै ” उसको हिज राति मृत्यु भयो ।”
म स्वास्थ्य छेत्रमा काम गर्ने मानिस अमेरिका आए देखि नै आफ्नै फिल्ड मा काम गर्ने अबसर पाईयो । खासगरी क्यान्सर र Hospice unit मा काम गर्दा मृत्युलाइ राम्ररी नजिक बाट बुझ्ने र महशुश गर्ने मौका पाए। कति मानिसको मृत्युको अनुभूति ,डर, पिडा , छटपटी रोइ कराइ र हार गुहार सुनेको छु। कति मानिस आफ्नै अगाडी मृत्युको अंगालोमा गएको देखेकोछु।
कति लाई आफ्नै हातले पोको परियो होला। कति लाई अंगालो हालियो । कति संग सगै रोइयो। धेरै धेरै कथा ब्यथाहरु थुपारिएकाछन् छन् यस मन भित्र । कालको नजिक पुगे पछि सबैले मनका कुरा भित्रै बाट खोल्दा रहेछन ।
म आजकल धेरैजसो Hospice unit मा काम गर्छु , जहाँ मनिस आफ्नो जिवनका अन्तिम दिनहरु बिताउन आउछ्न । काल वा यमराज कुर्न आउने मनिसहरु सँग ! जहाँ आउन पनि ३ वटा specialist Doctor ले त ६ महिना भित्र मर्दैछस भनि सिफारिस गर्नु पर्छ ।
एक जना बिरामी धेरै चिन्तित र छ्ट्पटा इरहेको थियो । कारण सोधे, उसको हातमा Car र Appartment को चावी थियो, बुझाउने कोही मानिस नपाएर छटपटाइरहेको रहेछ। घरवाट Emergency 911 call गरेर अस्पताल गएको रहेछ। ऊ २ हप्ताको अस्पताल बसाइ पछि सोझै hospice unit को लागि योग्य भएछ, Diagnosis : terminal third stage cancer.
एक बिरामी कुराकानी को क्रममा थाहा भयो , ४ जना छोराछोरीको बाबु रहेछ, फोटो देखाउदै थियो। तर मैले कहिल्यै भेट्न आएको देखिन । धेरै पटक कुरा गर्ने जमर्को गरे तर शाहष आएन। शिरानिमा फोटो राखेर मर्यो ।
एक बिरामी ३० वर्ष पछि आफु उसको छोरी भयको दाबी गर्न आइपुगी। मृत्युलाइ कुरि रहको बाबु delirium को अबस्थामा, lawyer सहित सम्पति आफ्नो हातमा पiर्ने दाउमा ।
एक बिरामी सधैभरि लेखिरहेको हुन्थो, पेन्सिल र ठुलो नोट बुक उसको सिरानी मुनि हुन्थ्यो । एक दिन मेरो मनमा कौतुहल जाग्यो र शोधि छाडे। Lottery जिति Milliners बन्ने ठुलो धोको रहेछ। अन्तिम दिन सम्म पनि lucky नम्बर मिलौदा मिलाउदै मृत्यु भयो ।
एक बिरामीले भन्यो म त् आज मर्छु कि केहो ? ब्रेकफास्ट आफ़्तो हातले खादै थियो । बाथरूम सम्म हिडेर गएको मेरो आखाले देखेको थियो । १ घण्टा कुर्चीमा बसेको थियो। मैले सोधे किन तेस्तो कुरा गरेको , उसले भन्यो ” मलाई तेस्तो अनुभब भयो । ३ बजेको बेडमा ढलेको थियो, कहिल्यै नउठट्ने गरि ।
कामको दौरानमा मेरो धेरै पटक यमराज संग जम्काभेट भएको हुनु पर्छ। कति पटक कोठा मा , ढोकामा , बाटोमा भेटे भयो होला , कति पटक बिरामीको ताना तान भयो होला । कति पटक यमराज लाई फिर्ता पठाए होला ,कति पटक 2-४ दिन पर धकेली दिए होला । कति पटक यमराज लाई मेरै हातले बुझाए होला।
मलाई राम्ररी थाहा छ यमराजले मलाई राम्ररी चिन्छ। म संग यमराज कति रिसाएको वा खुशी छ उसले नै जानोस । तर म भने ऊ संग बिल्कुलै खुशी छैन । जब कसै लाई चाडै नै लगिदिए हुन्थ्यो भन्ने सोच्छु उनीहरूको दुख, पिडा देख्न र सहन सक्दिन लिन आउने होइन, बिदामा गएको कर्मचारी जस्तो ।
कहिले 2-४ दिन वा महिना ढिलो आइदिए पनि हुन्थ्यो भनि प्राथना गर्छु , टुपुक्क आइ पुग्छ सबै घर परिवारलाई रूवाउन न त कसैको सुन्छ, न त कसै को मान्छ निकै कठोर र निर्दयी छ यमराज ।
एक दिन मेरो भेट यमराज पक्कै हुनेछ , भेट भएको दिन उसको र मेरो भनाभन, घम्साघसीं पर्नेछ । हात हालाहाल पनि पर्न सक्छ , मुक्का मुक्की पर्न सक्छ ।
म संग यस्ता धेरै प्रस्न हरु छन् जसको उसले चित्त् बुझ्दो जवाफ दिनु पर्ने छ ।
म संग यस्ता धेरै प्रस्नहरूको ठुलो भकारी छ , जसको उसले एक एक गरि उतर दिनु पर्नेछ। बस भेट हुन त पाओस, मैले जानेको छु !
प्रतिक्रिया