१९७४ एडी को सांगीतिक साँझमा भाग्यशाली दर्शकले ४ हजार डलर को छात्रवृद्धि पाउने अवसर

इनेप्लिज २०७३ भदौ २४ गते ०:१५ मा प्रकाशित

 

1974-dc

आगामी सेप्टेम्बर १० र ११ तारिखमा डिसी तथा बाल्टिमोरमा हुने १९७४ ए डी को सांगीतिक मनोरंजन साँझको तयारी लगभग पुरा भएको आयोजकले जनाएका छन् l नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको यस संगीत मण्डलीले नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी ,मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरि दर्शकको मन जित्न सफल भएको छ l

“यो मन त मेरो नेपाली हो” भन्ने गीतले शिखरमा पुर्याएको यस संगीत मण्डलीले बिशेष प्रस्तुति हुने छ l अमेरिकाको यात्रामा रहेको यो यात्रालाई हजार सपना यात्रा नाम राखिएको छ । अमेरिकाको सान फ्रान्सिस्को, सियाटल र सेन्ट लुइसमा कार्यक्रम प्रस्तुत गरि सकेको यो संगीत मण्डलीले भोलि सेप्टेम्बर ९ तारिक शुक्रबार टेक्सासको डालसमा प्रस्तुति गर्ने भएको छ भने सेप्टेम्बर १० मा डिसी र बाल्टिमोरमा ११ तारिख प्रस्तुत गर्ने भएको छ l

यस कार्यक्रमको लागि बिशेष सौजन्य गर्ने पिपुल एन टेक नामक संस्थाले दर्शकहरुका लागि भाग्यशाली चिट्ठा को व्यवस्था गरेको छ l कार्यक्रम हेर्न आएका दर्शकले त्यो चिट्ठा भरे पछि भाग्शाली बिजेता दुई जना दर्शकले करिब ४ हजार डलर रकम बराबरको सुचना प्रबिधि (आइ टि) सम्बन्धि छात्रवृद्धि प्रदान गर्ने भएको छ l

banner

उक्त छात्रवृद्धि बाल्टिमोर र डिसी का दर्सकले पाउने छन् l यसको साथै ठिक समयमा कार्यक्रम सुरु हुने आयोजक भिन्तुना इन्टरनेसनलका सुरेश सापकोटा ले बताएका छन् l

कार्यक्रममा डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रतिभाशाली बिद्यार्थी प्रकृति देउजाले डिसी तथा बाल्टिमोरमा १९७४ ए डी को सांगीतिक मनोरंजन साँझ सुभारम्भ हुनु अगाडी आफ्नो गीत प्रस्तुत गर्ने भएकी छिन् l

1974-baltimore

प्रतिक्रिया