मधेसीलाई कालो भनेकै निहुँमा भुईचालो ल्याउने कथित पत्रकार र बुद्दिजीविहरुलाई भट्टराईको कडा प्रश्न?

इनेप्लिज २०७३ भदौ २३ गते २२:०६ मा प्रकाशित
unnamed
 अचेल देश हल्लै हल्लाले चलेको छ, जसले हल्ला बढि गर्यो त्यहि अब्बल राष्ट्रवादी ठहरिएको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै अर्थ न बर्थका बखेडा झिकेर देशलाई मुठभेड़मा धकेल्न खोजिदै छ । मै हूँ भन्ने लेखक र पत्रकारहरु कसैको भजनमण्डलीमा समावेश भएर ख्वामितको गुणगान गाईरहेको प्रष्ट देख्न सुन्न पाईएको छ। मौसम अनुसार ख्वामितको आलोचना र प्रशंसा गर्ने पत्रुकारहरुले जता हावा चल्यो, त्यतै लेख्छन् ।

मैले कुनै दलको सदस्यता लिएको छैन, मलाई कसैको भजनमण्डलीमा समावेश हुननजरुरी पनि छैन, त्यसैले म देखेको कुरा निर्भिक भएर लेख्छु र लेखौँ भन्छु । यस बापत मैले कसैको केहि लिएको छैन लिनु पनि छैन ।

भदौ २१ गते एमाले नेता शंकर पोखरेलले एउटा ट्विट गरेछन, उनी ट्वाट खाएर ट्वीट गर्ने नेता पनि होईनन् मेरो बुझाईमा। उनको ट्वीटमा मधेसी जनता अधिकांशलाई अपमान गरिएको भन्दै कथित भजनमण्डलीका बिश्लेषकहरुले काढ्नु सम्म उछितो काढेछन् । यहाँ सम्म कि कोहि कोही त प्रहरीमा उजुरी सम्म दिन गएछन्: मधेसी जनताको अपमान भयो भनेर ! देश टुक्र्याएर देखाईदिन्छौँ भन्नेले उनको पुत्ला सम्म जलाएछन् । अदालत जाने सम्मको धम्की दिएछन।

शंकर पोखरेलको यो ट्वीटमा न त मधेसी प्रतिको अपमान छ नत मधेसी कालो भएकोमा बिभेद गरिएको छ, छ त केवल सत्ताको भर्यांग चढ्न मन लाग्दा मरिहत्ते गरेर बानेश्वर हुँदै सिंहदरबार छिर्ने, मन नपरे दशगजामा गएर झण्डा जलाउने खलपात्रहरु प्रति तीखो प्रहार छ । त्यहि संबिधान जलाउँदै हिड्ने, त्यहि संबिधान अन्तर्गत सरकार गिराउने र बनाउने खेलमा अहोरात्र लाग्ने र फेरि त्यहि संबिधान घोषणा गरेको दिनलाई कालो दिन भन्ने छेपारे चरित्र प्रतिको कटाक्षलाई मात्र शंकर पोखरेलले प्रस्तुत गरेका हुन् । उनको नियत मधेसीको अपमान गर्ने नै हो भनेर कसैले प्रष्ट पारिदेओस म त्यसको जिन्दगी भरि भक्त बन्ने छु।

अब म कडा चुनौति दिन चाहन्छु: हिजो मधेसी जनतालाई कालो भन्दा(वास्तवमा उनले भनेकै होईनन्, गलत अर्थ लगाईएको हो) प्रहरीमा उजुरी गर्न जाने, मिडियामा बंगाएर लेख्ने पत्रुकारहरु हिजो सिके राउतले सबै पहाडिया आईमाईहरु बेश्या हुन भनेर कुर्लदा कहाँ थिए? तथाकथित मधेस आन्दोलनका नाममा जनता उचालेर साम्प्रदायिकता भड्काउँदै दुई बर्षे बालक, हतियार बिहीन प्रहरी र एम्बुलेन्सको घाईते निकालेर तड्पाई तड्पाई मार्दा कुन दुलो भित्र बसेर तमासा हेरिरहेका थिए? के त्यतिबेला तिनीहरुको बिरुद्द लेख्न तिनीहरुको कलममा बिर्को लागेको थियो? कि तिनै अराष्ट्रिय झुण्डको खानकी खाएर भट्टीमा रमाईरहेका थिए ? के बेश्या भन्नु र कालो भन्नु एउटै कुरा हो ? के हिजो पहाडी समुदाय प्रति भौतिक आक्रमण जायज़ थियो ? आलोचना सभ्य र तार्किक भएर गर्नुपर्छ कि कसैको बहकाउमा लागेर

कसैका जुठा र झूठा शब्द बोलेरै आफ्नो अस्तित्व बचाउनुपर्छ?

मधेसी जनता प्रति एमाले र शंकर पोख्रेल उदासीन छन छैनन,त्यो मधेसमा बिगतका चुनावले देखाईदिएको छ र आउने चुनावले देखाउला , मलाई त्यस बिषयमा बहस गर्नु छैन, बहस त अब त्यसको बारेमा हुनुपर्छ जसले कसैको बहकाउमा लागेर जे मन लाग्यो त्यहि लेख्छ, बोल्छ र नचाहिँदो हावा हुरी चलाउँछ। शंकर पोखरेलले मधेसीको अपमान गरेकै ठहरिए त्यसको सजाँयको भागिदार होलान तर पहिचानको नाममा देश टुक्याउछु भन्नेहरु, जातियताको नाममा झूठको खेती गरेर आफ्नो अस्तित्व धानिरहेका कथित स्वनामे बुद्दिजीविहरुलाई फूलमालाले सजाएर शहर घुमाउने कि तिनीहरुका बिरुद्द अदालत जाने?

समग्र मधेसी जनता प्रति मेरो अगाथ श्रद्दा छ, म पनि तराई मधेसमा बस्छु र मधेसी जनताको हितमा निरन्तर बोलिरहेको छु तर बेतुकका कुरा गरेर देशलाई अलमल्याएरै आफ्नो गन्तब्यमा कोहि पुग्न खोज्छ भने न्यायप्रेमी सबैले एउटा आवाज उठाउनै पर्छ: आउनुस कालो वर्ण र बेश्या बिचको अन्तर छुट्याऊँ, जिउँदै आगो लगाएर मार्ने र मर्ने बिचको अन्तर छुट्याऊँ, सत्ताको लागि कालोलाई सेतो भन्दै डुबुल्की मार्ने अनि फेरी निथ्रुक्क भिजेपछि कालो देख्दै दशगजामा गएर झण्डा जलाउनेहरु र झण्डा जोगाउनेहरु बिचको अन्तर पनि छुट्याऊँ ।
शंकर पोखरेल झण्डा जलाउने मध्येका होईनन् भन्ने मेरो ठहर हो, यद्यपि त्यसको गलत अर्थ लागेपछि त्यो संबन्धित ट्विट हटाएर उनले दिएको स्पष्टिकरण नै सदाशयताको संकेत हो । उनको सामान्य ट्वीटलाई बहसको बिषय बनाउनु स्खलित मानसिकता हो ।
मधेसी जनताले एउटा कुरा बुझ्नै पर्छ: तपाईहरुका नाममा झूठको खेती गरेर सत्तारोहण गर्ने शंकर पोखरेल हैनन्, त्यहि कालो छालाको ढाल बनाएर पटक पटक तपाईहरुकै बदख्वाईँ गर्ने शंकर पोखरेल होईनन्, सत्तारोहण गर्न दशगजामा सुत्ने, दशगजा मिचिँदा चुँक्क नबोली भारतकै दलाली गर्ने शंकर पोखरेल होईनन्, कोहि स्वाँठहरुको लहलहैमा लागेर मधेस र मँधेसीको अपमान भयो भन्ने कुरामा बिश्वास नगर्नुस। देश बनाउन फूट हैन एकजुट हुन जरुरी छ।

प्रतिक्रिया