नेपाली महिलाहरुको महान चाड हरितालिका तिज युएईको सारजाहमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित दर खाएर मनाईयो ।

इनेप्लिज २०७३ भदौ २३ गते २१:५६ मा प्रकाशित

unnamed

नेपाली महिलाहरुको महान चाड हरितालिका तिज युएईको सारजाहमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित दर खाएर मनाईयो ।

नेपाली प्रबासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) क्षेत्रीय समितीहरु तथा प्रबासी नेपाली मंच सारजाह क्षेत्रीय समितीको सयुक्त आयोजनामा  गत सुक्रबार सारजाहको इमिरेट्स होटलमा महिला दिदीबहिनीहरुलाई दर खुवाउदै बिभिन्न लोकदोहोरी,नाच गान , चिट्ठा कार्यक्रम तथा लोक दोहोरी कलाकारहरुलाई पुरस्कारबितरण गर्दै हरितालिका तिज कार्यक्रमको बिशेष कार्यकम  संम्पन गरियो ।

कार्यक्रममा सभापति कृष्ण प्रसाद आचार्य, प्रमुख अथितीमा प्रबासी नेपाली मंच युएईका अध्यक्ष श्याम कंडेल, बिशेष अथितीमा नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वोर भेटवाल थिए भने बिभिन्न  संघ सस्थाबाट एक दर्जन भन्दा बढी अथितीहरुको आगमन भएको थियो।

कार्यक्रम संचालक द्वय बाबुराम सापकोटा तथा नरदिप लिम्बु रहेका थिए , पहिलो चरणको कार्यक्रममा प्रमुख अथिती, बिशेष अथिती, सभापति र उपस्थित अथितीहरु बाट पानसमा दियो  जलाई कार्यक्रम उद्घाटन गरेका थिए, नेपाली रास्ट्रीय गान बाट सुरु गरिएको कार्यक्रममा प्रमुख अथिती र बिशेष अथितिले उपस्थित सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तिजको सुभकामना दिएका थिए।

unnamed

कार्यक्रम हल सानो तथा उपस्थित दिदीबहिनीहरुको भिडले कार्यक्रममा गर्मिको महसुस भएको थियो, २८० जना भन्दा बढीको उपस्थितीले कार्यक्रम संचालकहरु उत्साहित देखिएका थिए, कार्यक्रममा बिशेष गरि लोक दोहोरि, नाच गानले बिशेष रोनक झल्काएको थियो,  राम्रो नृत्य गर्ने तथा गाउने कलाकारलाई पुरुस्कारको ब्यबस्था गरिएको थियो। जसमा प्रथम  नृत्यमा सुनिता लामगाड़े, दोस्रोमा गाएन बाट मिना थापा, तेस्रोमा आर्यन क्षेत्री र परिबर्तन ब्याण्ड  तथा सान्त्वनामा आर्यन जिम्बालाई कार्यक्रमका सभापति , प्रमुख अथितीहरुले नगद पुरुस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रम फ्री गरिएको थियो भने उपस्थित धेरैले चिट्ठा लिएका थिए, पहिलो पुरुस्कार ३२ इन्च को टिभी, दोस्रो पुरुस्कार क्यामेरा र तेस्रो पुरुस्कार  ट्याब्लेट रहेको थियो, कार्यक्रमको बिचमा चिट्ठा खोलिएको थियो जसमा पहिलो पुरुस्कार बिजेता अनिता खत्री रहेकी थिईन, दोस्रोमा सम्झना खत्री र तेस्रो  बिजेता भविन्द्र चंताल लाई कार्यक्रममा बधाई सहित पुरुस्कार वितरण गरिएको थियो। फिस्टेल ट्राभल बर-दुबई र झिआन रेस्टुराँ सारजाहले उक्त कार्यक्रमको शह- प्रायोजन गरेको थियो।

कार्यक्रम सयोजक डि आर पाण्डेले तिज बिशेष कार्यक्रम भब्य तथा सब्य रुपमा सम्पन्न भएको न्युज हिमालय लाई जानकारी दिएका छन।

प्रतिक्रिया