एनआरएनए अध्यक्षका दावेदार भवन भट्टमाथीको आरोप झूठो (विज्ञप्ति सहित)

इनेप्लिज २०७३ भदौ २३ गते ०:०४ मा प्रकाशित

bhawan

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टले गत वर्षको वैशाखमा गएको भूकम्प पीडितको नाममा उठाएको तीन करोड रुपैयाँ आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको भन्दै बेलायतबाट संचालित नेपाल ब्रिटेन डटकमले सार्वजनिक गरेको समाचार आधारहीन भएको भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले जनाएको छ ।

बुधबार समितिले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल ब्रिटेन डटकममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति भूकम्पपीडित राहत तथा सहयोग समिति जापानको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जनाइएको छ ।

विज्ञप्तिमा उक्त समाचार भ्रमपूर्ण रहेकाले त्यसप्रति खेद प्रकट गर्दै कोही पनि सो समाचारको भ्रममा नपर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, यो समिति एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समिति हो ।

समितिको जापानस्थित जापान पोष्ट बैंकको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको सबैमा आश्वस्त पार्दछ भनिएको छ।

स्मरणरहोस, यस अघि पटक पटक गरेर ३ करोड जापानी येन एनआरएनए आइसीसीको नेपालको खातामा समितिको निर्णय अनुसार पठाइएको र यसमा जम्मा भएको सबै रकम समितिले नै उठाएको र कहाँ कसरी खर्च गर्ने भन्ने बारेमा पनि यही समितिले उपयुक्त निर्णय गर्ने कुरा अवगत गराइएको छ ।

यो रकम एनआरएन आइसिसिको कोषमा पठाउन पटक पटक एनआरएनका पदीय जिम्मेवारीमा रहनुभएका साथीहरुले अनुरोध गर्दै आउनुभएको भए पनि रकमको खर्च कहाँ कसरी हुन्छ र जापानबासी नेपालीहरुको योगदानको पहिचान कसरी हुन सक्छ भन्ने स्पष्ट जानकारी पाउन नसकेकाले कोष जापानमा नै सुरक्षित रहेको जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

press-release-japan
Press Release Japan

भूकम्प पीडित राहत तथा सहयोग समिति जापान सचिवालय समितिका तर्फबाट सदस्यहरु तिलक मल्ल, महेशकुमार श्रेष्ठ र जिज्ञान कुमार थापाले जारी गर्नुभएको विज्ञप्तिमा उक्त मौज्दात रकम कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा यस समितिले निकट भविष्यमै उपयुक्त निर्णय लिइने र यस समितिको नाममा रहेको खाता विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा समेत अवगत गराइन्छ ।
आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी भट्टको चरित्र हत्या गर्ने उदेश्य सहित प्रकाशित समाचार झुटो रहेको जनाएको छ।

1-5

प्रतिक्रिया