पन्चे बाजा अमेरिकामा आयो

इनेप्लिज २०७३ भदौ २२ गते ०:३४ मा प्रकाशित

unnamed (3)

नेपालको लोक संस्कृतीको प्रतिक “नौमती बाजा (पन्चे बाजा)” अमेरिकाको बाल्टिमोर शहरमा ल्याई पुर्याएर पन्चे बाजा बजाउन शुरु गरिएको छ l

प्रशान्त महासागरको तटमा रहेको बाल्टिमोरको गन पाउडर स्टेट पार्कमा गत सेप्टेम्बर ५ तारिक श्रमिक दिवस(लेबर डे) को बिदामा आयोजित म्याग्दी बनभोजमा पन्चे बाजा बजाईयो l

unnamed (2)

उत्तर अमेरिकाको नेपाली समुदायको जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनले “पोखराको बस … आईपुग्यो खैरेनी …. झल्को लाईरनी” भन्ने पुरानो लोक भाकाको गीत गाएर औपचारिक रुपमा अमेरिकामा पन्चे बाजा को शुरुवात गरे l

unnamed (1)

प्रशान्त महासागरको तटमा अवस्थित मनोरम पार्कमा “नाच्दै गाउँदै पुराम् है धोका …. पन्चे बाजा आईपुग्यो अम् रिका ? ” भन्ने पहिलो गीत खेम भट्टचनले गाए पछी बनभोजमा उपस्थित झन्डै ५ /६ सय नेपालीहरुले दिनभरी नै पन्चेबाजामा नाचगान गरेर रमाईलो गरेका थिए l

unnamed (4)

अमेरिकामा म्याग्दी बासीहरुको संस्था म्याग्दी समाज अमेरिकाले नेपाल देखी पन्चे बाजा अमेरिका ल्याएको हो l संस्थाका अध्यक्ष राम प्रसाद भण्डारीले भने यस अघि पनी हामीले फाट्टफुट्ट बजाउँदा पन्चे बाजाका सबै सामान आइपुगेको थिएन l अब पन्चे बाजामा हुनुपर्ने सबै बाजाहरु नेपालबाट आएकोले आज नै अमेरिकामा पहिलो पटक नेपाली पन्चे बाजाको औपचारिक शुरुवात गरिएको अध्यक्ष भण्डारीले ईनेप्लीज लाई बताए l

अमेरिकामा पन्चे बाजा उद्घाटन कै लागी भनेर नेपाल देखी निम्त्याईएका ठेट लोक संस्कृती दोहोरी गीतका हस्तीहरु नर बहादुर बिसी, बिर बहादुर कार्की र अमेरिकामै रहेका दोहोरीका महिला कलाकारहरु मंजु पुन, सृजना बिरही थापा र ज्ञानु रोका मगरको टोलीले नेपालको ठेट लोक भाका “सिरफुलै सालैजो” गीत गएर भरपुर मनोरंजन दिलाएका थिए l

DSC05455

यसै गरि पेन्सिल्भानिया तथा म्यारिल्याण्डको लागी नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदूत वरिष्ठ लोक गायक प्रेमराजा महतले नेपाल देखी अमेरिका सम्म पन्चे बाजा ल्याउने संस्था म्याग्दी समाज युएसए लाई धन्यबाद दिएका थिए l

DSC05457

प्रतिक्रिया