स्विटजरल्याण्डमा ओपेन एअर फिल्म र क्याम्पिंग कार्यक्रम भव्यताका साथ् सम्पन्न

इनेप्लिज २०७३ भदौ २१ गते १०:४६ मा प्रकाशित

sस्विटजरल्याण्डबासि नेपालीहरुले समय अनुसार विभिन्न नौला कार्यक्रमहरु गर्दै आइरहेका छन् । यसै क्रममा सेप्टेम्वर ३ र ४ का दिनमा राम परियार र पुला शेर्पाको आयोजनामा गरिएको ओपेन एअर फिल्म र क्याम्पिंग कार्यक्रम स्विटजरल्याण्ड स्थित एप्तिङ्गेनमा भव्यताका साथ् सम्पन्न भएको छ ।

शनिवार (३ सेप्टेम्वर ) दिउँस उपस्थित खेलप्रेमी साथीहरुलाई मनोरंजन दिलाउन भलिवल खेलाइएको थियो भने बेलुका सुर्यास्तको मनमोहक झलकका साथ् खुल्ला आकाश मुनि नेपाली र नेपाल प्रेमी बिदेशीहरु सामु नेपाललाइ झल्काउने नेपाली कथानक चलचित्र “हिमालया ” देखाइएको थियो ।

हिउँदमा स्नो-फन, गर्मियाममा भलिवल,फुटवल,क्याम्पिंग जस्ता विभिन्न कार्यक्रम आयोजना गर्दै आएका स्विटजरल्याण्डबासि नेपालीहरुले यस पटक भने स्विटजरल्याण्डको नेपाली समाजमा नौलो आयाम लिएर अगाडी बढेका छन् । बिभिन्न उदेश्य झैँ यस पटक पनि स्विटजरल्याण्डबासि नेपालीहरुले नेपालको दुर्गम जिल्ला सोलुखुम्बुमा बिनाशकारी भुकम्पले क्षेतिग्रस्त गरेको बिद्यालयमा पुनर्निर्माण तथा बिद्यालयलाइ चाहिने सामाग्रीहरुका लागि सहयोग गर्न ओपेन एअर फिल्म र क्याम्पिंग कार्यक्रमको आयोजना गरिएको हो ।

t

स्विटजरल्याण्डबासि नेपाली तेञ्जिङ्गले शेर्पाले कार्यक्रममा सहयोग गर्दै उपस्थित नेपालीहरुबाट गरि सहयोग रकम १४६०(चौध सय साठी) स्विस फ्रान्क संकलन गरेका थिए l

कार्यक्रममा एक सय भन्दा बढी नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुको सहभागिता रहेको थियो । बेलुकाको ओपेन एअर फिल्म पश्चात स्विटजरल्याण्डको एप्तिङ्गेन डाँडा फाएर लाइटको उज्याल्यो संगै गितार, मादल र नेपाली गितमा गुञ्जिरहेको थियो ।

आयोजक राम परियार र पुला शेर्पाको तर्फबाट उपस्थित तथा सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका थिय भने ओपेन एअर फिल्म ब्यबस्थापन गर्ने निराजन श्रेष्ठले भविस्यमा पनि ओपेन एअर फिल्म निरन्तर रहने जनाएका थिए l

uनेपाली समाजमा यो कार्यक्रम (ओपेन एअर फिल्म) पहिलो र नौलो रहेको छ । स्विटजरल्याण्डबासि नेपालीहरुले गरेको यस “ओपेन एअर फिल्म” कार्यक्रमको आकर्षणले अव वेल्समा पनि वेल्सका नेपालीहरुले सोलुखुम्बुकै सहयोगका लागि नेपाली “ओपेन एअर फिल्म” गर्ने भएका छन ।

ओपेन एअर फिल्म र क्याम्पिंग कार्यक्रमबाट तिन हजार दुइ सय असि स्विस फ्रान्क प्रवेश शुल्क उठेको छ भने सहयोग गर्ने रकम तिन हजार सात सय चालिस रहेको छ l

प्रतिक्रिया