अमेरिकामा निखिता थापाको नया गित सयौ आँखा को भिडियो सार्बजनिक

इनेप्लिज २०७३ भदौ २० गते १७:०४ मा प्रकाशित

jyoti 3अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ l यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् l

सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स )गरेका हुन l यस गितमा नेपाल कि चर्चित मोडल ज्योति छेत्रीले नृत्य तथा अभिनय गरेकी छिन् भने छेत्री नेपालकि मिस टिनको उपाधि जितेकी छिन् l

अहिले कि सर्बाधिक चर्चित गायिका निखिता थापा विभिन्न पुरस्कार बाट सम्मानित भै सकेकी छिन् l नृत्य सम्पादन युवा नृत्य-निर्देशक नबिन केसीले गरेका छन् भने यसका निर्देशक लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् l प्रकाशन प्रस्तुति (पोस्ट प्रोडक्सन )सुबाश अर्यालले गरेका हुन् l

jyoti 1

निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् l

भिडियो हेर्न एक पटक यहाँ थिच्नु होला :

https://www.youtube.com/watch?v=ckpJK1-Td6c&feature=youtu.be

प्रतिक्रिया