गोर्खा रेजिमेन्टतीर तीज पर्वको रमझम

इनेप्लिज २०७३ भदौ १९ गते १९:४० मा प्रकाशित
Mamata & Gita
लण्डन,भाद्र १९,२०७३ । केन्ट, फोक्स्टनस्थित दोश्रो गोर्खा रेजिमेन्टको मंन्दिरमा नेपाली हिन्दु महिलाहरुले तिज पर्व मनाएका छन् । आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना र अविवाहित नारीहरुले आफुले भने जस्तो वर पाइयोस् भनेर शिवको पूजा अचर्ना गरे ।
Teej1 (1)
 
अघिल्लो दिन डोबर कम्युनिटी हलमा तिजलाई स्वागत गदै नेपाली नारीहरुले तिजको रौनक बढाएका थिए । पाचौ दिन सम्म रमझम गरिने तिज पर्व आजकल फेसनको रूपमा पनि बढ्दै गएको देखिन्छ । आफनो श्रीमानको लागि दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाँच गान रमाइलो गरी दरका रूपमा मीठामीठा परिकार खाने चलन चलिआएको पाईन्छ । दर खान विशेषगरी माइतीले छोरीचेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ ।
DSC_1014
 
विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाँउहरुमा अनेक कार्यक्रमहरु गरी आयोजनहुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण संसारभर चर्चित वियफ वियस गोर्खा रेडियोकी प्रस्तोता आशा पुनले कार्यक्रम ढाकीरहेकी थिईन् । कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनीलाई दोश्रो गोर्खा रेजिमेन्टका गोर्खा मेजरकी श्रीमती कुमारी लिम्बुले तीजको शुभकामना दिएकी थिईन् ।
DSC_0987
 
पौराणिक कथा
हिन्दु पौराणिक कथा अनुसार पर्वत राजा देवताकी छोरी परी पार्वतीको विहेको लागि बुबा पर्वत राजाले देवता विष्णुसँग विहे गरिदिने निधो गरे । जुन पार्वतीको इच्छाविपरीत थियो । उनीलाई मन परेको थिएन् । यसको कारण पार्वतीले महादेव शंकरलाई पति बनाउने ठूलो इच्छा रहेछ । यसर्थ पार्वती विष्णुसँग विहे गर्नुभन्दा आत्महत्या गर्न तयार भइन् । पार्वतीलाई साथीहरुले बचाउनका लागि एक गोप्य ठाँउमा लगेर लुकाए । 
DSC_0985
 
बुबा पर्वतराज भने विवाहको बर्बादी र छोरी हराएको पीडाले शोकमग्न हुँदा जंगलजंगल डुले । पार्वती भने त्यही बनमा गोप्य रुपमा साथीहरुसँग बसेर भाद्र शुल्क तृतीयाका दिन व्रत उपवास गरी आफनो कामनाको अभीष्ट पूरा गरिन् किनकि बुवाले महादेव शंकरसँग विहे गरेर छोरीको इच्छा पूरा गरिदिए ।
 
यसरी पार्वती ( परी )ले भाद्र शुल्क तृतीयको दिन व्रत बसी लक्ष्य पूरा गरेको उपलक्ष्यमा खुशियालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरन्जन गरिएको थियो । यही परम्परा हिन्दु समाजमा कायम रहँदै आएको छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यसको रुपमा भने निकै काँचुली फेरिएको देखिन्छ ।
 
बुद्धिजिवि शंकरमणि नेपाल 
व्रत उपवासको सकारात्मक पक्षलाई दुई ढंगले लिन सकिने बुद्धिजिवि शंकरमणि नेपाल बताउँछन् । पहिलो वैज्ञानिक पक्षमा मान्छे शारीरिक र मानसिक रुपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्ने र बेलाबेलामा उपवास बस्नु शरीरको स्वास्थ्यमा राम्रो सुधार हुने र मानसिक स्वच्छता प्रदान हुनेमा विश्वास दिलाउँछन् । मनोवैज्ञानिक रुपमा पर्ने प्रभावमा ध्यानपूर्वक परिश्रम गरेर धैर्यधारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त गर्न सकिने बताउँछन् । उनले भने, मानव जातिले गर्ने जुनसुकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ । त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनको रुपमा लिन सकिने सल्ला दिन्छन् । 
 
ममता गुरुङ / गीता राई
विदेशी भूमिमा रहेपनि तीज वर्षमा धूमधामका साथ मनाइन्छ । नेपाली समाजमा गरिब, धनी, सबैले मान्ने चलनअनुसार टाढाटाढा विवाह गरेर दिएको चेलीबेटीहरु जसरी पनि माइत ल्याउने र जाने गरिन्छ । जसले घरमाइतको सम्बन्धलाई पुन सम्बन्ध झन् प्रगाढ बनाउँछ । मनमा लागेका धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्छ । दुवै पक्षका नातागोताबीच विच्छेदित हुँदै गएको सम्बन्ध तीज भेटघाटले पुनर्जीवित गर्छ ।
 
कार्यक्रममा गायिकका सुनिता थेबे, ईन्टेक ९९ का ममता गुरुङ, गीता राई, गोर्खा रेजिमेन्टका अघुवा महिला कुमारी सुब्बा, बुद्धिजिवि शंकरमणि नेपाल, वियफ वियसका प्रस्तोता शिरिस सुनुवार र आशा पुन लगायत  उपस्थित थिए ।
 

प्रतिक्रिया