युगान्डामा तीज बिशेष कार्यक्रम सम्पन्न ।

इनेप्लिज २०७३ भदौ १९ गते १५:०७ मा प्रकाशित

received_10157403546100501

हर बर्ष झैं यश बर्षपनि गैर आवासीय नेपाली संघ, युगान्डाले दर खाने दिन पारेर तीज बिशेश कार्यक्रम यसै 3 सेप्टेम्बर 2016 (१८ भदौ २०७३)मा सप्पन्न गरेको छ।

सैतिस (३७) जनाको उपस्तिथि रहेको सो कार्यक्रममा संस्थाका युवा संयोजक अर्जुन न्यौपाने ज्युको उद्घोषणबाट कार्यक्रम संचालकको भुमिका निर्बाह गर्दै शुरु भएको थियो । यसपालि नयाँ ब्याक्तित्व हरुकोको पनि आगमन रहेकोले परिचयात्मक कार्यक्रम लाई पहिलो प्राथमिकता दिदै एक आपसमा परिचय गराइएको थियो। ।

received_10157403546255501
गैर आवासीय नेपाली संघ, युगान्डाका अन्तरास्ट्रिय प्रतिनिधि जिभनाथ पङ्गेनीको प्रमुख आतिथ्यमा संस्थाकि महिला प्रतिनिधि रन्जिता रेग्मि ( पङ्गेनी), सदस्य तारा गिरि, संस्थाका महासचिव तुलसी रेग्मी, उपाध्यक्ष इश्वोरी बश्याल, सदश्य थिर ब. खत्री,ज्युहरु लगायतको आसन ग्रहण गराइएको थियो ।

कार्यक्रममा संस्थाका अन्तरास्ट्रिय प्रतिनिधि श्री जिभनाथ पङ्गेनीले स्वागत मन्तव्य दिनुको साथै संस्थाको दाइत्व र प्रभाव बारे स्पष्ट पार्दै महिलाहरूको महान पर्व हरितालिका तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्नुको साथै सम्पुर्ण उपस्थिति जन हरुलाइ तीजको शुभकामना दिनुभएको थियो ।
त्यसपछि दर्जनौ अहिले चलेका तीज गीतहरुमा रमाइलो नृत्य गरिनुको साथै दर खाने कार्यक्रमलाई पनि तिब्रता दिइएको थियो ।
कार्यक्रमलाइ सफल पार्न प्रबिन पुडासैनी, नरेन्द्र कार्की, प्रमिला पुडासैनी(सिवाकोटी ), तारा गिरि, अनिता खरेल, रन्जता रेग्मी ( पङ्गेनी), अर्जुन न्यौपाने , तुलसी रेग्मी , जिभनाथ पङ्गेनी, धुर्ब महत लगायत सदस्यज्युहरुले खेलेको भुमिका प्रशँसनिय रहेकोे उल्लेख गर्दै सम्पुर्ण उपस्तिथित महानुभावहरुमा अहिले नेपाल रहनुभएका संस्थाका अध्यक्ष रमेश कंडेलले सधैं यस्तै एक्यवद्धताको भरोसा रहेको भन्दै यसै समाचार मार्फत धन्यवाद दिनुभएको छ।

अाँगन रेस्टुरेन्ट लुगोगोमा भएको यश कार्यक्रममा खानाको विशेष प्रसम्सा उपस्थितजन बाट रह्यो भने महान पर्बमा सेवा गर्ने मौका तथा व्यावसायमा साथ दिएको भन्दै रेस्टुरेन्टका संचालक आलोक ज्युले उपहार स्वरुप केही दिनुभएको जानकारी भएको छ ।

कोशाध्यक्षको अनुपस्थितिमा वहाँको भुमिकालाइ पनि सिरोधार्य गर्नुभएका संस्थाका महासचिव तुलसी रेग्मीले अन्तमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो र संचालक तथा उद्घोषकको भुमिका निभाउनु भएका संस्थाका युवा संयोजक अर्जुन न्यौपानेले आठ बजे साँझ बाट शुरु भएको कार्यक्रमलाई 12 बजे समापनको घोषणा गर्दै सम्पन्न भएको थियो ।

received_10157403545950501 received_10157403546100501 received_10157403546280501

प्रतिक्रिया