डिसीमा टकमांडूको नेपलिज प्रोफेसनल मिट अप कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ भदौ १७ गते २:११ मा प्रकाशित

talkmanduडिसी ,सेप्टेम्बर १ , टकमांडूले आयोजना गरेको नेपलिज प्रोफेसनल मिट अप कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ l प्रथम पटक भएको उक्त कार्यक्रममा अमेरिकामा रहेका नेपाली मुलका बिभिन्न पेशामा संलग्न रहेका चिकित्सक ,बैज्ञानिक ,अनूसन्धनकर्ता तथा अन्य पेशामा उच्च तहमा रहेकालाई एकै थलोमा राखी उनीहरुका सफलताका कथा ,अनुभव ,उत्प्रेरणामुलूक रोचक जानकारी सुनाएका थिए l

डिसी क्षेत्रको सेरोफेरोमा रहेका पढे लेखेका युवाहरुको संलग्नता रहेको टकमांडू टोलिले नेपाल र नेपालीहरुको हितको लागि बिशेष कार्यक्रम निर्माण गर्ने लक्ष्य अनुसार कार्यक्रम गरेको हो l

IMG_3369कार्यक्रम संचालन अलिशा सिजापतिले गरेकी थिइन् भने पहिलो र दोश्रो चरणको कार्यक्रम रहेकोले टक मांडू को परिचय डा बिशाल भण्डारीले गरेका थिए l यसै गरि सत्रका वक्ताहरुको परिचय डा मनोज रजुअरिले गरेका थिए भने वक्ता कर्ण शाक्यको परिचय डा रोशन लाल श्रेष्ठले गरेका थिए l यसै गरि डा सुघ्नादा तुलाधर तथा डा प्रज्वल रेग्मीले वक्ताहरुको परिचय गराएका थिए l

कार्यक्रममा ,उधमी तथा लेखक कर्ण शाक्य ,व्यवसायी सिजन श्रेष्ठ ,अधिवक्ता बन्दिता दाहाल शर्मा ,संचारकर्मी नारायण श्रेष्ठ ,चिकित्सक मदन उप्रेती ,डा संजिवन गौतम अन्य बिशेष व्यक्तित्वहरुले आफ्ना उत्प्रेरणामुलूक कथा तथा पेशाको बारेमा चर्चा गरेका थिए l

IMG_3372

यसै गरि वक्ताहरुमा प्रबिधि ,आउट अफ कम्फर्ट जोन एन अथेनटिक करेजका प्रभास श्रेष्ठ , हिमालयन सोल फुड्स का सुजित शाक्य तथा बिध्या वारिधिका बिद्यार्थी एलिना श्रेष्ठ रहेका थिए l

कार्यक्रममा सहभागीहरुले वक्ताहरु संग केहि जिज्ञाशा राखेका थिए l दुई चरणमा विभाजित कार्यक्रम पश्च्यात दिन भरिको थकाईलाई मेटाउन आयोजकले जलपान तथा सांगीतिक माहौल समेतको चाजो मिलाएका थिए l

IMG_3370

उक्त कार्यक्रम वक्ताहरुमा उधमी तथा लेखक कर्ण शाक्यले हामी नेपालीहरु छिमेकि मुलकाका नागरिक भन्दा हामी कुनै कुरामा कमि छैन भन्नु भयो l र, वहाले नेपालीहरु जता बसे पनि मुलुकलाई सहयोग गर्ने जहिले पनि भावना राख्नु पर्ने बताउनु भयो l शाक्यले नेपाल जनयुद्धको कठिन समयमा पनि आफुले गरेको संघर्ष संक्षेपमा प्रकाश पार्नु भएको थियो l

यसै गरि महिलाको तर्फ बाट प्रतिनिधित्व गर्दै डिसी क्षेत्रकि प्रसिद्ध अधिवक्ता बन्दिता शर्मा दाहालले आफुले जहिले पनि आफु भित्र किन भन्ने जिज्ञासा आउने भएकोले जे कुरामा पनि किन भन्ने बिषयमा छलफल गर्ने र तर्क पेश गर्ने गरेको बताउनु भयो l

IMG_3371यसरि किन भन्नेको पछाडी तर्क पेश गरे पछि आमाबुवाले हाम्री छोरि भबिष्यमा वकिल पेशामा हुन्छे भनि कुरा गर्नु हुन्थ्यो भन्दै उत्प्रेरणामुलक कथा सुनाउनु भएको थियो l अन्तरकृया कार्यक्रम कै क्रममा अर्का ब्यबसायी सिजन श्रेष्ठले सानो उमेर देखि आफु ब्यबसायमा लागेको बताउनु भएको थियो भने आफु हस्तकला तथा अन्य सामग्रीहरु विश्व बजार मै बेच्ने गरेको बताउनु भएको थियो l र वहाले अमेरिकामा एक दिन पनि काम नगरी ब्यबसाय गरेको बताउनु भयो l यसै गरि दोश्रो चरणमा वक्ताहरुले यस्तै महत्वपूर्ण बिषयमा चर्चा गरेका थिए l कार्यक्रमको अन्त्यमा टकमांडू कार्यक्रमका पुस्कर प्रजापतिले धन्यबाद दिएका थिए l

IMG_3205

यसै गरि कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने व्यवस्थापनका दिपेन घिमिरे ,धर्म जोशी ,समिर सिजापति ,आशिष सिजापति ,अनिल रंजित ,सुजय श्रेष्ठ ,दिगम्बर गुरुङ ,निर्मल सिङ्ग तथा अशोक ओली रहेका थिए l

IMG_3366 IMG_3364 IMG_3365 IMG_3375 IMG_3204

 

प्रतिक्रिया