एनडब्लुजीएन न्यु इंग्ल्यान्ड शाखाको तिज भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ भदौ १४ गते २:३७ मा प्रकाशित

boston 10गत अगस्त २७ तारिख नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) न्यु इंग्ल्यान्डशाखाको आयोजनामा बोस्टनमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भव्यताको साथ मनाएको छ l

नेपाली महिला विश्व संजाल कि अध्यक्ष रुकमणि कार्कीले तिजमा सबै दिदि बहिनीहरुलाई स्वागत गरेकी थिइन् भने महिला समाजसेवी लिली थापालाई सम्मान गरिएको थियो l तिज कार्यक्रममा उक्त क्षेत्र वरपरका महिला दिदि बहिनिको उत्साहजनक सहभागिता रहनुको साथै बिदेशी महिला पाहुनाहरुले पनि हाम्रो चाड पर्व को बारेमा जानकारी लिएका थिए l झन्डै ३ सय जति महिलाहरुको सहभागिता रहेको थियो l

re

नेपाली सेल रोटीको व्यवस्थाको साथै महिलाहरु रातो सारी ,चुरा ,पोते ,तिलहरीको साथमा दर खादै नृत्यमा सहभागी भएका थिए l डिजे श्याम नेपाली तथा हेरिटेज कल्चर एकडेमी समुहले व्यवस्थापन गरेको संगीतले महिलाहरु तीजका गितमा निकै रमाएरनाचेका थिए l तीजमा सुरु देखि अन्त्य सम्मका कार्यक्रममा भिडियो र छाया चित्र प्रेम पौड्याल तथा सुरेश वाग्लेले गरेका थिए l

तीजको उपलक्ष्यमा चिट्ठा खेलाईएको थियो भने कार्यक्रमको अन्त्यमा न्यु इंग्ल्यान्ड शाखा कि उपाध्यक्ष शान्ति जोशीले कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएकी थिइन् l कार्यक्रम संचालन रोशना घिमिरेले गरेकी थिइन् l

boston 2

प्रतिक्रिया