चितवन १२ भदौं ।
पैसा कमाउन कुवेत गएका चितवनको सौराहाका डिबी लोप्चन विदेशमै रहदा रहदै स्थापित लोक गायक बन्न सफल भएका छन । उनले कुवेतबाटै दुई वटा एल्बम बजारमा ल्याई सकेका छन भने अर्को नयाँ एल्बम बजारमा ल्याउने तयारी गरिरहेका छन । उनी विदेशमा रहेर लोक गीतको संरक्षणमा क्रियाशिल रहेका छन । बैदेशिक रोजगारीको लागि कुवेत गएका लोक गायक लोप्चन विदेशमा रहदाँ पनि लोक गीतको संरक्षणमा जुटेका हुन ।
विगत १३ बर्ष देखि रोजगारीको शिलशिलामा कुँवेतमा रहेका लोप्चनले फुर्सदको समयमा गीत लेख्ने र स्टेज कार्यक्रममा गएर गीत प्रस्तुत गर्ने गरेका छन । विदेशी संस्कृतिको प्रभावले मौलिकता झल्कने हाम्रो देशको लोकगीत लोप हुदैछ उनले भने यसलाई हामीले जोगाउनु पर्छ । विभिन्न देशमा हुने सांस्कृति कार्यक्रममा आफुले लोक गीत र यसको संरक्षणको लागि लोक गीतको महत्वको वारेमा बुझाउने गरेको गायक लोप्चनले बताए । स्कुले जीवन देखि गाउँ घरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा प्रतिभा देखाउदै आएका लोप्चनले कुँवेत गएपछि लोक गीतको एल्वम निकालेका हुन । उनले २०६९ सालमा कुँवेतबाटै मित्रता नामक महिलो एल्वम निकालेका हुन । पहिलो एल्वमको ढुंगा खोज्दा देउताल भेटियो भन्ने बोलको गीत देश विदेशमा चर्चित भयो । यो गीत चर्चित भएपनि गायन क्षेत्रमा डिबी स्थापित गायकको रुपमा परिचित हुदै गए । पहिलो एल्वमको सफलतासंगै उनले २०७१ सालमा दोश्रो एल्वम कोसिस बजारमा ल्याए । दोश्रो एल्बममा रहेको सुन कोइ कोइ मत प्रेम रोगी भन्ने बोलको गीत पनि उत्तिकै चर्चित भयो । विशेष गरी यो गीत चितवनमा लोकप्रिय बनेको गायक डिवी लोप्चन बताउछन । दुई वटा एल्बमको सफलता पछि यही बर्ष उनले तेश्रो एल्वम बजारमा ल्याउने तयरी गरेका छन । तेश्रो एल्बकको लागि उनले ख्याल भनौली मायाद लाएर हेर कान्छी आमा बनौली भन्ने बोलको गित रेकर्ड गरी छायङकन सकेत गरिसकेका छन ।
काठमाडौंको बतासेडाँडाँमा सो गीतको म्यूजिक भिडियो छायङकन गरिएको हो । केहि महिना अघि रेकर्ड गरिएको सो गीत एक हप्ता अधि गायक लोप्चन कुँवेतबाट आएर म्यूजिक भिडियो छायङकन गरेका हुन । गायक लोप्चन र मीना लामाको स्वर रहेको सो गीतमा प्रकास कटुवालले संगित भरेका छन । विनोद ढकालको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन । कृष्ण भान्जाले संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा शिबहरि पौडेल र कविता शर्माले अभिनय गरेका छन । अब एक दुई महिनामै मेरो तेश्रो एल्बम बजारमा आउछ गायक लोप्चनले भने एल्बममा समावेस गर्ने गीत लेखन र रेर्कडिङ गरिरहेको छु । गायक लोप्चन परिवार सहित कुँवेतमा कार्यरत छन । २०६० सालमा कुँवेत छिरेका लोप्चनले आफुले कमाएको पैसाको केहि हिस्सा लोक गीतको संरक्षण र प्रर्बधनमा खर्च गर्दै आएको बताए । एल्बम निकालेर पैसा कमाउने मेरो उद्देश्य हाईन उनले भने विदेशमा रहेर पनि लोक संस्कृति प्रतिको भाब मन मनमा पुर्याउने कोसिस मात्र हो ।
प्रतिक्रिया