एन्.आर्.एन्. धनाढ्यको भेला थलोलाई कर्म थलो बनाउने

इनेप्लिज २०७३ भदौ १० गते २३:५८ मा प्रकाशित

aek

एन्.आर.एन्. संस्थाको स्थापना जुन कार्यको लागी सन् २००३ तिर भयो त्यसलाई निकै उपलब्धि मुलक मान्नु पर्दछ । तर त्यसको उपयोगिता न त नेपालले न त एन्.आर.एन्. हरुले पाएका छन् । तर एन्.आर.एन् केही धनाढ्यहरुको लागी व्यापार गर्ने र भेला हुने थलो बनेको छ भन्ने धेरै छन् ।

१. हाल ३० लाख एन्.आर्.एन्. भएको परिवेशमा हाल ३०÷४० हजार एन्.आर्.एन्.को सदस्य भएका छन् र ती सदस्यहरु पनि विभिन्न पदमा आसिन हुनको लागी उम्मेद्वारीहरुले भोट लिनको लागी विभिन्न जायज नाजायज तरिका अपनाई गराउने गरेका हुन्छन् । दर्ता भएकालाई नै आधार मानेर पनि कुल एन््.आर्.एन्. को संख्याको आधारमा १ प्रतिशत मात्र दर्ता भएको हुँदा एन्.आर्.एन्. संस्था गैर वैधानिक संस्था भन्न हिचकिचाउनु पर्ने स्थिति छैन ।

२. केही पदाधिकारी तथा धनाढ््यबाट चन्दा संकलन गरी सहयोग तथा केही उद्योगमा लगानी गरेको देखाई जनता र देशको आँखामा छारो हाली राखेका छन् । ३० लाख एन्.आर्.एन्. लाई सहयोग र लगानी गर्न प्रेरित गरेमा कैयौँ गुना लगानी बढ्ने थियो ।

३. आफूले स्थापना गरेको विदेशी नेपाली संस्थाको साथै अलग्गै एन्.आर्.एन्. संस्थाको पनि दोहोरो तेहोरो संस्थाको सदस्य हुनुपर्ने र संस्था सदस्यको मान्यता र महत्व पनि नहुने हुँदा ठूला जनघनत्व एन्.आर.्एन्. भएका स्टेट÷शहरहरु नेपाली संस्थामा पनि चुनावको लागी पनि १० प्रतिशत भन्दा कम सदस्य हुने गरेका छन् । कम घनत्व भएको स्टेट÷शहरमा प्राय जसो विदेशी नेपाली संस्थाको सदस्य भई सद्भावका साथ संस्थाको संचालन भएको तर एन्.आर्.एन्. सदस्यहरु सून्यनै छन् ।

४. एन्.आर्.एन्. संस्थाको कार्य र मान्यता सून्यतामा छाएको छ र केही सेवा दिन सकेको छैन र नेपाली संस्थाले गरेको काम गर्न च्याप्टर खडा गरेर विवाद उत्पन्न गरेको छ । एन्.आर्.एन्. सदस्य वा नेपाली संस्था एउटा स्वेच्छिक संस्थाहरुमा केही मात्र सदस्य हुने गर्दा पनि साधनको कमीले एउटा फोनबाट साधारण सेवा पनि सदस्यहरुले पाउन सकेका छैनन् भने अरुको अपेक्षा गर्न सकिने स्थिति छैन ।

५. एन्.आर्.एन् को संगठनको चुनाव र कन्फरेन्स्मा आफ्नो खर्चमा दशौँ हजार डलर खर्च गरी स्वयम् उपस्थित भई प्रत्यक्ष निर्वाचन गरिने प्रथा अपनाई धनाढ्यहरुले मात्र सभा सम्मेलनमा भाग लिने पदाधिकारीमा निर्वाचित हुने आफूलाई अनुकुल निर्णय गरी फाइदा लिने गरिएको छ । पदको दुरुपयोग गरी सरकारी राजनितिक निकायहरुमा पहुँच सजिलो गराइ फाइदा लिई राखेका छन् ।

६. विकसित देशका र धनाढ्यहरुको लहडमा साफामा विदेशिएका लाखौँ नेपालीहरुलाई एन्.आर्.एन्. को सदस्यता हुनुबाट वञ्चित पारीएको छ । अन्य विशेष सुविधाबाट वञ्चित गरिएपनि सदस्यतामा वञ्चित गरिनु उचित होइन । नेपाली भारतीयहरुनै एन्.आर्.एन्. का प्रवर्तक हुन त्यसपछि मात्र तेस्रो मुलुकमा एन्.आर्.एन्. को सुरुवात भयो ।

७. दोहोरो नागरिकता भनेको कुरा १ प्रतिशत भन्दा कमको चाहना हो र नेपालको चुनावमा भोट गर्ने ९९ प्रतिशतकै चाहना होला त्यसको लागी एन्.आर्.एन्. ले केही पहल गरेको छैन ।

उल्लेखित बुँदाहरुलाई दृष्टिगत गरी निम्न अनुसार गरी एन्.आर्.एन्. संस्थाको विस्तार ३० लाख एन्.आर्.एन्. र साफामा रहेका विदेशी १०÷२० लाख नेपालीलाई सहयोग पू¥याउनेको लागी सुझाव पेश गरिएको छ ।

क. एन्.आर्.एन्. को विधान ऐन संशोधन गरी व्यक्तीगतको सट्टामा विद्यमान स्टेट÷शहरमा अवस्थित नेपाली संस्था मार्फत साधारण सदस्य बनाई एन्.आर्.एन्. नेशनल एक छाता संगठन हुने व्यवस्था गर्ने । कुनै पनि एन्.आर्.एन्. लाई स्थानीय र एन्.आर्.एन्. को दुई संस्था सदस्य हुन नपर्ने गराउने गरी समानान्तर एन्.आर.एन्. च्याप्टर खारेज गर्ने । सबै एन्.आर्.एन्. लाई संस्थाको सदस्य हुन प्ररित गर्ने । संस्थाले ७५ प्रतिशत भन्दा बढीलाई सदस्य गराउने र गर्न लगाउने र नगर्नेलाई मान्यता नदिने ।

ख. एन्.आर्.एन्. नेशनल र विद्यमान स्टेट÷शहर नेपाली संस्था सहकार्यमा नेपाली राजदुतावासमा एक एन्.आर्.एन्. विद्युतीय डाटाबेस तयार गरी सम्पूर्ण एन्.आर्.एन्. को सम्पूर्ण विवरण सहित अनलाइन दर्ता गर्ने । प्रत्येक दर्ता भएकालाई उनीहरुको नाम र नम्बर मात्र उल्लेखित गरी सम्बन्धित देशको एन्.आर्.एन्. कार्ड दिने । उक्त कार्ड नम्बरको आधारमा विवरण थप घट संशोधन गर्ने व्यवस्था गर्ने । साथै स्थानीय संस्थाको सदस्य लिँदा सभा सम्मेलन आदिमा उक्त कार्डको प्रयोग गर्ने गराउने ।

ग. उल्लेखित डाटाबेसबाट एन्.आर्.एन्.हरुको व्यक्तिगत विवरण सुरक्षित गर्दै सम्बन्धित स्टेट संस्थालाई सम्पूर्ण विवरण नदिई जीप कोड अनुसार दर्ता भएका संख्या उपलब्ध गराउने र सो संख्याको ५०÷६० जनाको इकाई गठन गरी स्टेट संस्थाको सदस्यता बनाउने र सम्पूर्ण स्टेट स्थित एन्.आर्.एन्. लाई संस्थाको सदस्य बनार्ई सम्पूर्ण एन्.आर्.एन्. लाई सदस्यता गराउने ।

घ. सदस्यता शुल्क स्टेट संस्थाले संकलन गर्दानै राष्ट्रिय र अन्तराष्ट्रियलाई पनि संकलन गर्ने । हालको स्थितिमा एक डलरले पनि ३० लाख डलर हुने गर्दछ । सदस्य शुल्कबाटनै सदस्य सेवा र एन्.आर्.एन्.को राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मितव्ययीतको आधारमा खर्च गरेर सदस्य शुल्कबाट साधारण प्रतिनिधिलाई पनि सम्मेलनमा भाग लिने मौका दिने । सदस्य शूल्कको ७५ प्रतिशत सदस्य सेवामा मात्र खर्च गर्ने र सहयोग अन्य प्रयोजनको लागी बेग्लै चन्दा संकलन गर्ने र सोही प्रयोजनमा खर्च गर्ने ।

ङ. एन्.आर्.एन्. व्यापारी धनाढ्यहरुको साथै डाक्टर, इन्जिनियर, एकाउन्टेन्ट तथा अन्य व्यवसायीहरुको लागी एन्.आर्.एन्. ले शूल्क सहितको विशेष कन्फरेन्स्हरुको व्यवस्था गर्ने र गराउने र नेपालमा सिप र पुँजी लगानी वृद्घि गराउने ।
च. भारत सहित अन्य साफा मुलुकमा रहेका नेपालीहरु पनि एन्.आर्.एन्. हुन उनीहरुलाई पनि एन्.आर्.एन्. मा सदस्यता र सोबाट एन्.आर्.एन्. को संस्थामा १०÷२० लाख थप गर्न दिने व्यवस्था गर्ने । सुविधाको हकमा ती देशमा रहेकालाई तेस्रो मुलुकले पाइराखेको सुविधा दिनै पर्छ भन्ने हुन्न ।

छ. प्रत्येक वर्ष एन्.आर्.एन्. मा ५०÷६० को सानो सानो समुह इकाई प्रत्यक्ष भेटघाट हुने गरी वनभोज गरी कन्भेन्सन गर्ने र प्रत्येक २÷४ वर्षमा प्रतिनिधिकोे छनौट विद्युतीय प्रविधिबाट गर्ने । चुनावको लागी एन्.आर्.एन्. कार्ड को प्रयोग गर्ने ।

ज. एन्.आर्.एन्. ले शुरुमा एक डलर प्रत्येक बाट उठाई भुकम्पले भत्काएको धरहराको एक तल्ला निमार्ण गर्ने र एन्.आर्.एन्. को सामुहिक योगदानको शुरुवात गर्ने ।

झ. नेपाल सरकारले २ महिना भित्र ७५ प्रतिशतलाई अर्को ६ महिना भित्र सदस्य बनाउने गरी एन्.आर्.एन्.ले कार्यक्रम पेश नगरे वा उक्त अनुसार नगरेमा एन्.आर्.एन्. संस्था खारेज गर्ने ।

ञ. नेपाल सरकारको आ.व. २०७३÷७४ को बजेट कार्यक्रममा प्रस्तुत भए अनुसार विद्युतीय डाटाबेस २ महिना भित्र तयार गरी स्थानीय र स्टेट लेभल कन्भेन्सन अर्को २ महिनामा सम्पन्न गरी आगामी चुनावमा ८५ प्रतिशत लागी मतदाता सुचीमा राखिने र भोट गर्ने व्यवस्था गराउने ।

ट. एन्.आर्.एन्. को राष्ट्रिय स्तर डाटाबाट ७५ वटै जिल्लागत र गाउँटोल गत नेटवर्कीङ्ग गर्दै अन्तराष्ट्रिय स्तरमा समेत गरी आफ्नो जिल्ला वा गाउँमा विदेशको सिपलाई प्रत्येक वर्ष प्रत्येकले १०० डलर देखि १,००० डलर सम्म लगानी गरी आय आर्जन हुने गरी उद्योग व्यवसायलाई बढावा दिदैँ रोजगारी सृजना गर्ने जस्ता कार्य गराउने ।

ठ. विदेशको अनुभव बैङ्क, हुलाक, विल भुक्तनी, घरमै बसी सेवा, सामाजिक सुरक्षा, स्व–बिमा जस्ता कार्य र रोजगारी मूलक कार्यक्रम, राजमार्गमा दु्रत गतिमा सवारी संचालन गरी इन्धन र समयको बचत, नोटलाई प्रतिस्थापन गरी भ्रस्टाचार र कालोबजारी रोकथाम गर्ने जस्ता कुरा लागु गर्न पहल गर्ने ।

यो लेखक एक बहादुर क्षेत्री पनि एक अमेरिकाका एन्.आर्.एन्. हुन् र यस सम्बन्धि सामाग्रीहरु www.ourpin.org मा हेर्न सक्नुहुनेछ । सुझाव [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया